शुक्रबार, जेठ ४ गते २०८१    
images
images

बालुवा छानेर विद्यालय खर्च जुटाउँछन् ब्रह्मदेवका विद्यार्थी

images
बुधबार, जेठ ३१ २०८०
images
images
बालुवा छानेर विद्यालय खर्च जुटाउँछन् ब्रह्मदेवका विद्यार्थी

आर्थिक अवस्था कमजोर भएका तटीय क्षेत्रका बासिन्दा तराईको उखरमाउलो गर्मीकै बीच असिनपसिन भएर नदीजन्य पदार्थ उत्खनन गरेर जीविकोपार्जन गर्ने गर्दछन्।

images
images

बेदकोट- कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्छिन्। प्रत्येक दिन दिउँसोको समयबाहेक महाकाली नदीमा बालुवा छानिरहेको भेटिन्छिन् उनी। विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने गरेको रेश्माले बताइन्।

images
images
images

'परिवारको आर्थिक अवस्था कमजोर छ, त्यसैले लेखपढका लागि कापी, किताब किन्न पैसा होस् भनेर बालुवा छान्ने काम गर्छु', उनले भनिन्, 'विद्यालयबाट फर्किएर दिउँसोदेखि बेलुकासम्म बालुवा छान्छु।'

images

रेश्माका अनुसार बुबा कामको सिलसिलामा भारतमा छन्। आमा महाकालीमै बालुवा छान्ने काम गर्छिन्। आमासँगै महाकालीमा बालुवा छानेर विद्यालयको खर्च जुटाउनुका साथै बिहान-बेलुकाको खानाको जोहो समेत गर्ने गरेको उनको भनाइ थियो।

images
images

ब्रह्मदेवकै करिष्मा दमाईंले यसपटक कक्षा १० को परीक्षा दिइन्। उनी एसइई दिएर फुर्सदको समयमा बालुवा, गिट्टी छान्ने काम गर्छिन्। 'उच्च शिक्षा पढ्न पैसा छैन, परीक्षा दिएपछि फुर्सदको समयमा बालुवा छान्ने गर्नु। त्यसबाट आएको पैसा बचत गरेर राख्छु', उनले भनिन्। बालुवा छानेर पाएको पैसाले उच्च शिक्षा पढ्ने सपना पूरा हुने र घरपरिवारलाई आर्थिक सहायता हुने करिष्माको भनाइ छ।

images
images

भीमदत्त नगरपालिका-९ ब्रह्मदेवस्थित महाकाली नदीमा गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ। आमाबुवासँगै विद्यालय पढ्ने उमेरका बालबालिका पनि बालुवा, गिट्टी छान्ने काममा जुटेका देखिन्छन्। आर्थिक अवस्था कमजोर भएका तटीय क्षेत्रका बासिन्दा तराईको उखरमाउलो गर्मीकै बीच असिनपसिन भएर नदीजन्य पदार्थ उत्खनन गरेर जीविकोपार्जन गर्ने गर्दछन्।

'घरपरिवारको सबै खर्च बालुवा छानेरै चलेको छ, अरू केही काम पाइँदैन', ब्रह्मदेवकी कलावती पालले भनिन्, 'बालुवा नछाने भोकै बस्नुपर्ने अवस्था छ।' उनका अनुसार विद्यालयको समयबाहेक अन्य समयमा बालबालिका पनि बालुवा, गिट्टी छान्ने काम सघाउनका लागि आउने गरेका छन्।

कलावतीका श्रीमान् मानसिंह पनि महाकालीमै बालुवा छान्ने काम गर्छन्। उनका चार छोराछोरी छन्। 'खेतीपाती गर्न पर्याप्त जमिन छैन, बस्नलाई छाप्रो मात्रै छ, घरका सबै सदस्य यो काममा जुट्छौँ', मानसिंहले भने, 'महाकालीकै भरमा जीवन चलेको छ, गहुँ, चामल किनेरै खानुपर्छ।'

सात/आठ महिना बालुवा छानेर कमाएको पैसाले विद्यालय खर्च जोहो गर्ने गरेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी माया भुलले बताएन्। उनका अनुसार कार्तिक सुरुवातदेखि नदी तटीय क्षेत्रका आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य बालुवा छान्ने काममा जुट्ने गर्दछन्। गिट्टी बालुवा बेचेर मासिक १५ हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेको मायाले बताइन्।

बालुवा प्रतिट्रली एक हजार पाँच सय र गिट्टी दुई हजार सात सय रूपैयाँमा बिक्री गर्ने गरेको दुरा भुलले बताए। 'एक मान्छेलाई ट्रली बनाउन हप्तादिनभन्दा बढी लाग्छ। दुई/तीनजना मिलेर दुई/तीन दिनमा एक ट्रली तयार हुन्छ', उनले भने, 'ट्र्याक्टर धनी यहीँ आएर गिट्टी, बालुवा किन्छन्।' रासस 


प्रकाशित : बुधबार, जेठ ३१ २०८००७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend