आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

अझै पुनःनिर्माण भएनन् भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका १६ वटा सम्पदा

images
बुधबार, जेठ ३१ २०८०
images
images
अझै पुनःनिर्माण भएनन् भूकम्पका कारण भत्किएका पशुपति क्षेत्रका १६ वटा सम्पदा

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकका अनुसार भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदामा क्षति पुगेको थियो।

images
images

काठमाडौं- विसं २०७२ बैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ। चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

images
images
images

१६ वटा सम्पदा अझै पुनःनिर्माण हुन सकेको छैन। भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयवागेश्वरी, महास्नानघर, कुलानन्द झा सत्तल, गुह्येश्वरस्थित सेतो सत्तल, शंकराचार्य मठस्थित शंकराचार्य मन्दिर, लाल गणेश मन्दिर, श्राद्ध पाटी, चौतरीया शिवालय, पन्ध्र शिवालय, अमरकान्तेश्वर मन्दिर, सुरेशकान्तेश्वर मन्दिरलगायत सम्पदा पुनःनिर्माण गरिएको हो।

images
images

भूकम्पले पशुपति क्षेत्रका ९० वटा सम्पदामा क्षति पुगेको कार्यकारी निर्देशक खतिवडाले बताए।

images
images
images

विश्वरुप मन्दिरलगायत सम्पदामा चालु आवका लागि छुट्याइएको बजेटको काम सकिएको छ। यो मन्दिर बहुवर्षीय ठेक्कामा निर्माण भइरहेको छ। रासस


प्रकाशित : बुधबार, जेठ ३१ २०८००६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend