आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

घरभाडामा ५० प्रतिशतसम्म छुट दिन माग

images
बुधबार, जेठ ३१ २०८०
images
images
घरभाडामा ५० प्रतिशतसम्म छुट दिन माग

कोभिड-१९ ले थलिएको व्यवसाय क्षेत्र पछिल्लो आर्थिक संकटका कारण झन्झन् मारमा परेको व्यवसायी बताउँछन्।

images
images

गण्डकी- आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ। पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तिमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो।

images
images
images

समितिद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरबहाल कर पनि घरधनी आफैले तिर्न आग्रह गरे। समितिले सम्झौताअनुरुप भाडा वृद्धिको समय आएको भए पनि त्यसलाई पछाडि सार्न माग गरेको छ। 

images
images

'घरभाडा बेलैमा तिर्न नसकेका कारण व्यवसायीहरू विस्थापित हुनु परिरहेको छ', समितिका अध्यक्ष न्यौपानेले भने, 'संकटको अवस्थामा घरधनीले व्यवसायीको मर्का बुझिदिनुस् भन्ने हाम्रो माग हो।'

images
images
images

कोभिड-१९ ले थलिएको व्यवसाय क्षेत्र पछिल्लो आर्थिक संकटका कारण झन्झन् मारमा परेको उनले बताए। आर्थिक मन्दीका कारण १५ देखि २० प्रतिशतसम्म व्यवसायी पलायन भएको अनुमान समितिको छ।

अधिकांशले भाडा तिर्न नसकेर व्यवसायबाट हात धुनुपरेको बताउने गरेको समितिका प्रथम उपाध्यक्ष उमापति ढकालले बताए। उनले व्यवसायीहरू विषम परिस्थितिबाट गुज्रिरहेकाले घरभाडा वृद्धि नगर्न र बढेको भाडादर मिनाहा गरिदिन माग गरिएको बताए।

समयमा घरभाडा नतिर्ने व्यवसायीलाई घर खाली गर्न बाध्य नपार्नसमेत समितिले अनुरोध गरेको छ। 'यस्तो बेला घरधनीले राहतको प्याकेज ल्याउन जरुरी छ, आखिर व्यवसायी र घरधनी भनेको एकअर्काका सहयोगी पनि त हुन्', उनले भने।


प्रकाशित : बुधबार, जेठ ३१ २०८००४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend