आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

इप्पान निर्वाचन : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा पन्तसहित ५ जना निर्विरोध

images
मंगलबार, जेठ ३० २०८०
images
images
इप्पान निर्वाचन : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा पन्तसहित ५ जना निर्विरोध

अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूका लागि यही जेठ ३२ गते निर्वाचन हुँदैछ।

images
images

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमितिका लागि सुरू भएको निर्वाचन प्रक्रियामा उपमहासचिवमा प्रकाश कुमार दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तसहित ५ जना निर्विरोध निर्वाचित भएका छन्। 

images
images
images

महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी पनि निर्विरोध निर्वाचित भएका छन्।

images
images

इप्पान निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २/२ जना, उपाध्यक्षमा ७ जना, सचिवमा ६ जना र खुल्ला सदस्यमा १४ जनाको उम्मेद्‌वारी परेको छ। २५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेद्‌वारी परेको छ। वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीको उम्मेद्‌वारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाले उम्मेद्‌वारी दिएका छन्। 

images
images
images

पाँच जना उपाध्यक्षका लागि सात जनाको उम्मेद्‌वारी परेको छ। भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उपाध्यक्षमा उम्मेद्‌वारी परेको हो।

पाँच जना सचिवको लागि ६ जनाको उम्मेद्‌वारी परेको छ। सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेद्‌वारी परेको हो।

सात जना खुल्ला सदस्यहरूको लागि १४ जनाको उम्मेद्‌वारी परेको छ। सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाको उम्मेद्‌वारी दर्ता गरेका छन्।

अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूका लागि यही जेठ ३२ गते निर्वाचन हुँदैछ। हायात होटलमा हुने इप्पानको २१औँ साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गर्ने तय भएको छ।


प्रकाशित : मंगलबार, जेठ ३० २०८०११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend