आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

इप्पान निर्वाचन : अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २-२ जनासहित ३८ जनाको उम्मेद्‌वारी दर्ता 

images
मंगलबार, जेठ ३० २०८०
images
images
इप्पान निर्वाचन : अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २-२ जनासहित ३८ जनाको उम्मेद्‌वारी दर्ता 

उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेद्‌वारी परेको छ। उनीहरू निर्विरोध निर्वाचित भएका छन्।

images
images

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को नयाँ कार्यसमितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २/२ जनासहित ३८ जनाको उम्मेद्‌वारी परेको छ।

images
images
images

२५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेद्‌वारी परेको छ। वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सुर्यप्रसाद अधिकारीको उम्मेद्‌वारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेद्‌वारी परेको छ।

images
images

पाँच जना उपाध्यक्षका लागि सात जनाको उम्मेद्‌वारी परेको छ। उपाध्यक्षमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उम्मेद्‌वारी परेको छ।

images
images
images

उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेद्‌वारी परेको छ। उनीहरू निर्विरोध निर्वाचित भएका छन्।

यस्तै पाँच जना सचिवको लागि छ जनाको उम्मेद्‌वारी परेको छ। सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेद्‌वारी परेको छ।

१० जना सदस्यहरूको लागि १७ जनाको उम्मेद्‌वारी परेको छ। सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाको उम्मेद्‌वारी दर्ता गरेका छन्।

तीन जना महिला सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध भएका हुन्।

अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूको लागि यही जेठ ३२ गते निर्वाचन हुनेछ। हायात होटलमा हुने इप्पानको २१औँ साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ।


प्रकाशित : मंगलबार, जेठ ३० २०८०१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend