बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‘आईएमई पे’मार्फत सौर्य एयरलाइन्सको टिकट काट्दा चन्द्रागिरिमा टिकट निःशुल्क

मंगलबार, जेठ ३० २०८०
‘आईएमई पे’मार्फत सौर्य एयरलाइन्सको टिकट काट्दा चन्द्रागिरिमा टिकट निःशुल्क

काठमाडौं- ‘आईएमई पे’ मार्फत सौर्य एयरलाइन्सको जहाजको टिकट काट्ने यात्रीले चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराइने भएको छ।

सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका अनुसार करिब ८ सय रुपैयाँ पर्ने चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता आईएमई ग्रुपसँग भएको छ।

सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने यात्रीमध्ये जतिले आईएमई पेमार्फत टिकट काट्छन्, सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउने छन्।

‘मानौं पोखराबाट सौर्यको जहाज चढेर काठमाडौं आएका ५० जना यात्रीले नै आईएमई पेमार्फत टिकट काटेका छन् भने सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क प्राप्त गर्ने छन्,’ अध्यक्ष पोखरेलले भने। काठमाडौंबाट अन्य रुटमा यात्रा गर्ने यात्रीले पनि ‘आईएमई पे’मार्फत टिकट काटेको भए उनीहरूलाई पनि चन्द्रागिरिको टिकट निःशुल्क उपलब्ध गराइने पोखरेलले जानकारी दिए।


प्रकाशित : मंगलबार, जेठ ३० २०८००८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend