शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

पहिलो व्यावसायिक कृषि उत्पादनतर्फ सीजी एग्रो, पाल्पामा ५ सय रोपनीमा अकबरे खेती सुरू

मंगलबार, जेठ ३० २०८०
पहिलो व्यावसायिक कृषि उत्पादनतर्फ सीजी एग्रो, पाल्पामा ५ सय रोपनीमा अकबरे खेती सुरू

काठमाडौं- चौधरी ग्रुप अन्तर्गतको सिजी एग्रोले पहिलो व्यावसायिक कृषि उत्पादन सुरू गरेको छ। एग्रोले पाल्पामा पाँचसय रोपनी जमिनमा अकबरे खुर्सानी लगाएको हो। 

माटोको गुणस्तर र उत्पादकत्व जोगाउँदै प्राकृतिक खेतीतर्फ सीजी एग्रो बढेको बताउँदै ग्रुपका अध्यक्ष विनोद चौधरीले पाल्पामा अकबरे खेती सुरू गरेको जानकारी दिएका छन्। 'सीजी ग्रिन रिभोलुसन' सुरुवात भएको बताउँदै उनले कृषिको दिगो विकास गर्दै खेतलाई बजारसँग जोड्ने काम भएको बताएका छन्। 

सीजी एग्रोले यसअघि २०७९ कात्तिकमा नानो युरिया मल नेपालमा बिक्री वितरण सुरु गरेको थियो। 

नेपाली कृषि क्षेत्रमा काम गर्दै आएको सीजी एग्रोले कृषि उत्पादन बढाउन माटोको गुणस्तर सुधार्न, वातावरण प्रदूषण रोक्न, किसानको आम्दानी बढाउन, कृषिमा लागत घटाउन काम गरिरहेको छ। 


प्रकाशित : मंगलबार, जेठ ३० २०८००६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend