आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण, अब बाह्रै महिना मौसम अनुकूलको खेती लगाउन सकिने

images
मंगलबार, जेठ ३० २०८०
images
images
पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण, अब बाह्रै महिना मौसम अनुकूलको खेती लगाउन सकिने
फाइल तस्बिर

पोक म्याग्दीको मकै, गहुँ र धानबालीको भण्डार मानिन्छ। लिफ्ट सिँचाइ आयोजनाबाट पोकको ६५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। सिँचाइ भएपछि जमिन बाँझो राख्नुपर्ने समस्या हटेर बाह्रै महिना मौसम अनुकूलको खेती लगाउन सकिने भएको छ।

images
images

म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका-५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ। मंगला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो। तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटरमाथि तानिएको मंगलाका प्राविधिक नगेन्द्र सापकोटाले बताए।

images
images
images

'म्याग्दी नदीको किनारबाट ९० मिलिलिटरको पाइपबाट पानी तानेर ६५ मिटरमाथि पोकफाँटको सिरानमा पुर्‍याइएको छ', उनले भने, 'नहरबाट कृषकको खेतबारीमा पानी लगेर सिँचाइ गर्न सकिन्छ।' लिफ्ट सिँचाइ आयोजनाको सोमबार परीक्षण सफल भएको प्राविधिक उनले बताए।

images
images

पोक म्याग्दीको मकै, गहुँ र धानबालीको भण्डार मानिन्छ। लिफ्ट सिँचाइ आयोजनाबाट पोकको ६५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष मनप्रसाद बुढाथोकीले बताए। बाउन्न घरधुरी कृषक लाभान्वित भएका छन्। हिउँदयाममा सिँचाइ अभावमा कृषकलाई खेतीबाली लगाउन समस्या परेपछि लिफ्ट प्रविधिको विकल्प अपनाइएको हो।

images
images
images

बर्खायाममा मूल फुट्ने र खोल्सामा पानी आउने हुँदा सिँचाइको समस्या हुँदैन। खडेरी र हिउँदयाममा सिँचाइ अभावमा बाली सुक्ने समस्या छ। पानीको अभावमा धानको ब्याड राख्न नपाएका र खेतको मकै सुकेर क्षति व्यहोर्नुपर्ने समस्या हट्ने पोकका कृषकको अपेक्षा छ। सिँचाइ भएपछि जमिन बाँझो राख्नुपर्ने समस्या हटेर बाह्रै महिना मौसम अनुकूलको खेती लगाउन सकिने भएको छ।

लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि मंगला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा १० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। पम्प, पाइप खरिद र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी नयाँ ट्रान्सफर्मर राखेर विद्युतको व्यवस्था मिलाइएको छ।

म्याग्दी नदी किनारमा आवश्यक परेको समयमा पाइप राखेर पानी तान्न मिल्ने संरचना बनाइएको थियो। आगामी वर्ष म्याग्दी नदीबाट तानेको पानी संकलन गर्ने पोखरी बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ ३० २०८००५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend