आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

भारतीय कम्पनीको ६ सय ५० बोरा अवैध मल फेला

images
मंगलबार, जेठ ३० २०८०
images
images
भारतीय कम्पनीको ६ सय ५० बोरा अवैध मल फेला

बिल तथा कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि मल ‘शिल’ गरेर राखिएको छ।

images
images

रामपुर- नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ। गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको ६ सय ५० बोरा अवैध मल फेला परेको थियो।

images
images
images

सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘शिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ। रामपुर-५ बेझाडस्थित विजय श्रेष्ठको घरमा (सटर भाडामा) ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल भण्डारण गरिएको अवस्थामा फेला परेको थियो ।

images
images

बिल तथा कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको सरोकारवालाको टोलीले मल ‘शिल’ गरेर राखेको हो।

images
images
images

हालसम्म भण्डारण गर्ने सम्बन्धित व्यक्तिको पहिचान भएको छैन। प्रतिबोरा ४५ किलो बराबरको तौल छ।

गत शनिबार बिहान रम्भा गाउँपालिका-१ हुँगीमा पनि अवैधरूपमा गाडीमा ल्याउँदै गरेको तीन सय ७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएर सोही दिन अनुसन्धानका लागि भन्सार कार्यालय पठाइसकिएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ ३० २०८००५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend