आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

५.६ अर्ब डलर लगानी गर्ने गरी साउदी अरब र चिनियाँ ईभी कम्पनीबीच सम्झौता

images
मंगलबार, जेठ ३० २०८०
images
images
५.६ अर्ब डलर लगानी गर्ने गरी साउदी अरब र चिनियाँ ईभी कम्पनीबीच सम्झौता

२०२१ मा अरब क्षेत्रमा २३ अर्ब डलर चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी गएकोमा साउदी अरबमा मात्र ३.५ अर्ब डलर लगानी भएको थियो। 

images
images

काठमाडौं- साउदी अरब सरकार र चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनीबीच लगानी सम्झौता भएको छ। साउदीको लगानी मन्त्रालय र चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी ह्युमेन होराइजन्सबीच उक्त सम्झौता भएको हो। 

images
images
images

साउदी सरकार र ह्युमेन होराइजन्सबीच भएको सम्झौताअनुसार दुई पक्षले कुल १० अर्ब अमेरिकी डलर लगानी गर्ने छन्। त्यसमध्ये ह्युमेन होराइजन्सले ५.६ अर्ब डलर लगानी गर्ने सम्झौतामा उल्लेख भएको साउदी स्टेट मिडियाले लेखेको छ। १० अर्ब रूपैयाँ साउदी अरबमा लगानी हुने र सो लगानी विद्युतीय सवारीको विकास, उत्पादन तथा बिक्री नेटवर्क बनाउन खर्च हुनेछ।

images
images

साउदी अरबको रियादमा जारी अरब-चाइना बिजनेस कन्फरेन्सका क्रममा आइतबार उक्त सम्झौता भएको हो। नवीकरणीय उर्जा, प्रविधि, कृषि, पर्यटन तथा स्वास्थ्य सेवामासमेत लगानी गर्ने विषयमा छलफल भएको थियो।

images
images
images

यो सम्झौताको महत्वपूर्ण पक्षका रुपमा साउदीमा विद्युतीय कार उत्पादन उद्योगको विकास गर्नु नै रहेको छ। ह्युमेन होराइजन्सले चीनमा हिफी ब्रान्डमा विद्युतीय कार उत्पादन गर्दै आइरहेको छ। 

२०२१ मा अरब क्षेत्रमा २३ अर्ब डलर चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी गएकोमा साउदी अरबमा मात्र ३.५ अर्ब डलर लगानी भएको थियो। 

ह्युमेन होराइजन्सले गएको मार्चमा युरोपेली बजारलाई लक्षित गरेर हिफी ब्रान्डको प्रिमियम विद्युतीय सवारी सार्वजनिक गर्ने बताएको थियो। युरोपसँगै विश्वका अन्य बजारमा पनि हिफीका विद्युतीय कार विस्तार गर्दै जाने योजना कम्पनीले बनाएको छ। 


प्रकाशित : मंगलबार, जेठ ३० २०८०११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend