आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सुदूरपश्चिम : ५० लाख विनियोजनपछि अघि बढ्यो क्रिकेट मैदान निर्माण

images
सोमबार, जेठ २९ २०८०
images
images
सुदूरपश्चिम : ५० लाख विनियोजनपछि अघि बढ्यो क्रिकेट मैदान निर्माण

मैदान निर्माणका लागि दुई वर्षअघि एक करोड रूपैयाँ रकम आए पनि माटो भरान बाहेक अरु काम अघि बढ्न सकेको थिएन। चालु आवमा ५० लाख रूपैयाँ विनियोजन भएपछि क्रिकेट मैदान निर्माणको काम अघि बढेको छ।

images
images

कञ्चनपुर- महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माण अघि बढेको छ।

images
images
images

आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेको थियो । 

images
images

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रूपैयाँ बजेट विनियोजन गरेपछि मैदानमा निर्माण अघि बढेको जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए। 'यसअघि पहिलो चरणमा माटो भरान र ‘चेञ्जिङ रुम’ निर्माण गरिएको थियो', उनले भने।

images
images
images

कर्भडहलभित्र क्रिकेट मैदान निर्माण हुने स्थलमा खेलकुद विकास समितिले माछा पोखरीका लागि भाडामा दिएकाले उक्त पोखरीमा माटो भर्ने काम भइरहेको अध्यक्ष चन्दले बताए। कभर्डहल निर्माणका क्रममा योजनाभन्दा बाहिर गएर धेरै संरचना बनेकाले क्रिकेट मैदान बनाउन समस्या भइरहेको उनले बताए।

'मैदान निर्माणका लागि दुई वर्षअघि एक करोड रूपैयाँ रकम आए पनि माटो भरान बाहेक अरु काम अघि बढ्न सकेको छैन', अध्यक्ष चन्दले भने, 'क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले मैदान निर्माणका लागि आएको रकम पोखरी भर्न खर्च भएको हो।'

क्रिकेटका खेलाडी नरेश जोशीले भने, 'यहाँ क्रिकेटको क्रेज भए पनि पूर्वाधार विकासमा सरोकारवाला निकायको चासो देखिँदैन।' उनले अहिले पनि राष्ट्रिय टोलीमा कञ्चनपुरका दुई जना खेलाडी रहेको बताउँदै यहाँ क्रिकेट खेलाडीका लागि मैदान आवश्यक रहेकाले क्रिकेट मैदान समयमा नै निर्माण गर्नुपर्नेमा जोड दिए।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले क्रिकेट मैदान निर्माणको काम अघि बढेको बताए। 'मैदान निर्माणका लागि ५० लाख रूपैयाँ बजेट आएको छ', उनले भने, 'उपभोक्ता समिति गठन भएर अहिले निर्माण सुरु गरेका छौँ।' 

यहाँ क्रिकेटका लागि मैदानका साथै अन्य भौतिक संरचना बनाउने योजना रहेपनि प्राथमिकताका साथ काम अघि बढ्न नसकेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। गतवर्ष मैदान निर्माणका लागि आएको ७५ लाख रूपैयाँ रकम फ्रिज भएको थियो। रासस


प्रकाशित : सोमबार, जेठ २९ २०८०१२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend