आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बालाजी सिमेन्टद्वारा भारतमा निर्यात सुरु

images
सोमबार, जेठ २९ २०८०
images
images
बालाजी सिमेन्टद्वारा भारतमा निर्यात सुरु

पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई आज ४२ टन सिमेन्ट निर्यात गरिएको हो। कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो।

images
images

काठमाडौं- कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरू गरेको छ। कम्पनीले उत्पादन गरेको ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरू गरेको हो।

images
images
images

भारत सरकारको गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस) प्रदान गरेसँगै भारतमा सिमेन्ट निर्यात सम्भव भएको उद्योगका संस्थापक ऋषिकेश अग्रवालले बताए।

images
images

उनका अनुसार पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई आज ४२ टन सिमेन्ट निर्यात गरिएको हो। कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो। कपिलवस्तुबाट भारतमा सिमेन्ट निर्यात पहिलो पटक भएको हो। बिस्तारै निर्यातको परिमाण बढाउँदै लैजाने कम्पनीको लक्ष्य छ। 

images
images
images

भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ। नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन। नेपाल सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरिसकेको छ।

सरकारले ५० करोड रूपैयाँभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई आठ प्रतिशत अनुदान दिने नीतिले पनि सिमेन्ट उद्योगीलाई सहज भएको उद्योगका संस्थापक सन्दीप काडियाले बताए। उनले सरकारले अझ बढी उद्योग र निर्यातमैत्री नीति ल्याउन सुझाव दिए। सिमेन्ट निर्यातले भारतसँगको व्यापार घाटा कम गर्न सहयोग गर्ने उनको भनाइ छ। 

बालाजी सिमेन्ट उद्योगसँग दैनिक एक हजार ६ सय टन सिमेन्ट उत्पादनको क्षमता रहेको कम्पनीले जनाएको छ। उद्योगबाट हाल बाहुबली र श्रृष्टी ब्रान्डमा ४३ ग्रेडको ओपिसी र पिपिसी सिमेन्ट उत्पादन हुँदै आएको छ। सन् २०७७ सालमा स्थापना भएको उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रविधि जडान छ।


प्रकाशित : सोमबार, जेठ २९ २०८०१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend