आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

स्यानिटरी प्याडको कच्चा पदार्थ र तयारी प्याडमा फरक कर

images
सोमबार, जेठ २९ २०८०
images
images
स्यानिटरी प्याडको कच्चा पदार्थ र तयारी प्याडमा फरक कर

प्याड उत्पादन गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार दर एक प्रतिशत र तयारी वस्तुमा लाग्ने भन्सार दर समान राख्दा आत्मनिर्भर अवस्थामा रहेका उद्योगलाई संरक्षण गर्न नसकिने भएकाले तयारी प्याड आयातमा महसुल दर बढाइएको अर्थमन्त्री प्रकाशशरण महतले बताए।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा एक तहको फरक करको व्यवस्था गरिएको बताएका छन्।

images
images
images

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री डा महतले भने, 'नेपालमा स्यानिटरी प्याड उत्पादन गर्ने उद्देश्यले स्थापना भएका उद्योगले प्याड निकासी समेत गर्नसक्ने क्षमताका छन्।'

images
images

अर्थमन्त्री महतले यस्ता प्याड उत्पादन गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार दर एक प्रतिशत र तयारी वस्तुमा लाग्ने भन्सार दर समान राख्दा आत्मनिर्भर अवस्थामा रहेका उद्योगलाई संरक्षण गर्न नसकिने भएकाले तयारी प्याड आयातमा महसुल दर बढाइएको बताए। रासस 

images
images
images


प्रकाशित : सोमबार, जेठ २९ २०८०१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend