आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

संसद्‌मा सबैभन्दा चर्चा पाएको वैकल्पिक सहायक राजमार्ग कार्यक्रम : कुन जिल्लामा कति बजेट?

गोरखा, नुवाकोट र डडेल्धुरामा सबैभन्दा धेरै बजेट

images
सोमबार, जेठ २९ २०८०
images
images
संसद्‌मा सबैभन्दा चर्चा पाएको वैकल्पिक सहायक राजमार्ग कार्यक्रम : कुन जिल्लामा कति बजेट?

गोरखामा ४१ वटा आयोजनाका लागि ५६ करोड ३० लाख रूपैयाँ विनियोजन भएको छ।

images
images

काठमाडौं- आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सामान्य छलफल सकिएको छ। छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ समेत दिइसकेका छन्। छलफलको क्रममा सबैभन्दा बढी चर्चामा रहेको विषयमध्ये एउटा विषय हो वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा भएको बजेट विनियोजन।

images
images
images

यो शीर्षकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत ३ सय २ वटा आयोजनाका लागि ५ अर्ब १७ करोड ५० लाख रूपैयाँ विनियोजन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' निर्वाचित जिल्ला गोरखा, अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्ला र नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा अन्य जिल्लाको तुलनामा अत्यधिक बजेट गएको छ।

images
images

गोरखामा ४१ वटा आयोजनाका लागि ५६ करोड ३० लाख रूपैयाँ विनियोजन भएको छ। यसैगरी नुवाकोटमा १७ वटा आयोजनाका लागि ६२ करोड ५० लाख र डडेल्धुरामा ६ वटा आयोजनामा ९० करोड रूपैयाँ रकम विनियोजन भएको छ। यो रकम संघबाट खर्च हुने रकम हो।

images
images
images

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा छनोट भएका आयोजना र विनियोजना रकमको विवरण :

 


प्रकाशित : सोमबार, जेठ २९ २०८०११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend