आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

नारायणी नदीमा उत्खनन रोक्न निर्देशन

images
सोमबार, जेठ २९ २०८०
images
images
नारायणी नदीमा उत्खनन रोक्न निर्देशन

नदीजन्य पदार्थ उत्खननको काम गतल तरिकाबाट भएको पाइए रोकेर कारबाही गर्ने जिसस प्रमुख बाबुराम विश्वकर्माले बताए।

images
images

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन भएको भेटिएपछि उत्खनन कार्य रोक्न निर्देशन दिइएको छ। जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन भइरहेको स्थानको अनुगमनपछि उत्खनन रोक्न निर्देशन दिएको हो। 

images
images
images

पानीबाटै नदीजन्य पदार्थ उत्खनन गरेको, अनुमति लिएको बाहेक अन्य एक्साभेटर प्रयोग गरेर उत्खनन गरेको र अन्य व्यक्तिलाई समेत उत्खनन गर्न दिइएकाले तत्काल उत्खननमा रोक लगाइएको जिसस प्रमुख विश्वकर्माले बताए। 'हामीले चार दिन अघिदेखि अनुगमन गर्दैछौँ भनेर गैँडाकोट नगरपालिकालाई भनेका थियौँ', प्रमुख विश्वकर्माले भने, 'हामीले बुझ्न खोजेको कुरा बुझ्न नपाएकाले फिल्डबाटै तत्काल नदीजन्य पदार्थको उत्खननमा रोक लगाएका छौँ।'

images
images

'नदीजन्य पदार्थ उत्खननबारे हामी धेरै कुरामा स्पष्ट हुन सकेनौँ', उनले भने, 'हामी स्पष्ट नभएसम्मका उत्खनन कार्य स्थगित गर्न लगाएको छु।' नदीजन्य पदार्थ उत्खननको काम गतल तरिकाबाट भएको पाइए रोकेर कारबाही गर्ने तथा सहीरुपमा काम भएको पाइएमा कामलाई सहजीकरण गर्न आफू तयार रहेको प्रमुख विश्वकर्माले बताए।

images
images
images

'यसै हेरेर मात्रै भन्न सकिँदैन, गलत भएको भए कानुनी कारबाही हुन्छ', उनले भने, 'नियमानुसार प्रक्रिया पुर्‍याएर नदीजन्य पदार्थ उत्खनन गरिएको भए पनि हामीले कामलाई प्रोत्साहन गर्नुपर्छ, काम चाँडै होस् भन्ने हामी पनि चाहान्छौँ।' गैँडाकोट नगरपालिका-९ का वडाध्यक्ष धामनाथ सापकोटाले नारायणीबाट उत्खनन भएको नदीजन्य पदार्थ नारायणगढ बुटवल सडक विस्तारसँगै विभिन्न आयोजनामा प्रयोग भइरहेको बताए।

'नदीबाट झिकिएको पदार्थ नारायणगढ बुटवल सडक विस्तार, भरतपुरको ६ लेन सडक विस्तार, नारायणी तटबन्ध आयोजना तथा व्यक्तिगतरुपमासमेत प्रयोग गर्ने गरी झिकिएको छ', उनले भने, 'नगरपालिकाले आवश्यक राजस्व लिएर नदीजन्य पदार्थ बिक्री गर्दै आएको छ।' नारायणी नदीको गैँडाकोटतर्फबाट निकालेर बिक्री गरिएको नदीजन्य पदार्थबाट उठेको आधा राजस्व भरतपुर महानगरपालिकालाई बुझाउने गरी काम भइरहेको पनि वडाध्यक्ष सापकोटाले बताए।

'नारायणी नदीको सानो भंगालोमा थुनेर बाटो नै निर्माण गरी नदीबाट ढुंगा, गिटी तथा बालुवा झिक्ने काम भएको थियो' नदीको भंगालो थुनिएको ठाउँ देखाउँदै स्थानीयवासी शम्भुप्रसाद सापकोटाले भने, 'पहिले यहाँबाट बाटो बनाएर नदीजन्य पदार्थ झिकेर ढुवानी गरेका थिए, नदीमा बाढी आएपछि ह्युमपाइप बगाउँदा उनीहरु माथितर्फ सरेका हुन्।' विभिन्न आयोजना र व्यक्तिको गरी सात वटाभन्दा बढी एक्साभेटरले नदीबाटै नदीजन्य पदार्थ उत्खनन गरिरहेका उजको भनाइ थियो।

नदीको पानी भएको ठाउँलाई छोडेर बगरबाट मात्रै नदीजन्य पदार्थ झिक्न पाउने भए पनि नारायणी नदीमा भित्रबाटै भिकिएका छन्। दैनिक एक सय भन्दा बढी टिप्परले पानी चुहाउँदै नदीजनय पदार्थ बोकेर ओहोरदोहोर गर्दा गैँडाकोटको अधिकांश सडक भत्किएका स्थानीयवासी सापकोटाको भनाइ थियो। 

नारायणगढ बुटवल सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले नदीजन्य पदार्थ निकाल्नका लागि प्रयोग गरेको चार वटा एक्साभेटरमध्ये तीनवटाले अनुमति नै नलिएको पाइएको जिल्ला समन्वय समितिका इन्जिनियर टंकप्रसाद भुसालले बताए। रासस


प्रकाशित : सोमबार, जेठ २९ २०८००८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend