आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

ढुंगा गिट्टी निकासी : वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र निर्यात

images
सोमबार, जेठ २९ २०८०
images
images
ढुंगा गिट्टी निकासी : वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र निर्यात

'चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरियो। जहाँ जहाँ निर्यात गर्न मिल्छ त्यहाँको निर्यात गर्छौं। भुटानले पनि त निर्यात गरिरहेको छ। ढुंगा के खनिजजन्य होइन र? अष्ट्रेलियामा पनि त ठूला ठूला खानी उत्खनन गरिएका छन्'

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुंगा गिट्टी निर्यात गर्ने भनिएको बताएका छन्।

images
images
images

सोमबार प्रतिनिधिसभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।

images
images

'हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो। तर वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन' महतले भने।

images
images
images

'चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरियो। जहाँ जहाँ निर्यात गर्न मिल्छ त्यहाँको निर्यात गर्छौं। भुटानले पनि त निर्यात गरिरहेको छ। ढुंगा के खनिजजन्य होइन र? अष्ट्रेलियामा पनि त ठूला ठूला खानी उत्खनन गरिएका छन्' उनले भने। 


प्रकाशित : सोमबार, जेठ २९ २०८००८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend