आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

अर्थमन्त्रीले भने - संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो

images
सोमबार, जेठ २९ २०८०
images
images
अर्थमन्त्रीले भने - संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको लागि प्रत्येक निर्वाचन क्षेत्रको लागि ५ करोड विनियोजन गरेका थिए। यो कार्यक्रमअन्तर्गत एउटा आयोजनामा कम्तिमा १ करोड विनियोजन भएको छ।

images
images

काठमाडौं- अर्थमन्त्री प्रकाश शरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन्। 

images
images
images

आव २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताए।

images
images

‘यो कार्यक्रममा बजेटको सीमितता छ। भौतिक पूर्वाधारको निकै माग छ', संसद्‌मा उठेका विषयमा जवाफ दिँदै उनले भने, 'यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तिमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो। यो पुँजीगत खर्च नै हो।’

images
images
images

कम्तिमा १ करोड घटीको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालयकै भएको उनले प्रष्ट पारे। ‘माननीयले त सिफारिस मात्रै गर्ने हो। सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन’, उनले भने। निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिक लगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने उनको भनाइ थियो।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको लागि प्रत्येक निर्वाचन क्षेत्रको लागि ५ करोड विनियोजन गरेका थिए। यो कार्यक्रमअन्तर्गत एउटा आयोजनामा कम्तिमा १ करोड विनियोजन भएको छ।

सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका भौतिक पूर्वाधार निमार्णका आयोजना तथा कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरेका थिए।


प्रकाशित : सोमबार, जेठ २९ २०८००८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend