आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

नाडा उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा बन्यो 'शीप तथा क्षमता विकास इकाई'

images
सोमबार, जेठ २९ २०८०
images
images
नाडा उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा बन्यो 'शीप तथा क्षमता विकास इकाई'

नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदसीय इकाई गठन भएको हो।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिकहरूको शीप तथा क्षमता विकासका लागि नयाँ इकाई गठन गरेको छ। 

images
images
images

दीर्घकालिन प्रशिक्षण कार्यक्रमहरू सम्पन्न गर्दै जाने उद्देश्यले शीप तथा क्षमता विकास इकाई गठन गरेको नाडाले जनाएको छ। नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदसीय इकाई गठन भएको हो।

images
images

विद्युतीय सवारी साधनहरूको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघसमेतको सहयोगमा नाडाले गत जेठ २४ र २५ गते नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको थियो। 

images
images
images

सुरुवाती चरणको उक्त कार्यशाला गोष्ठिमा विद्युतीय सवारी साधनहरू आयात गर्ने नाडाका सदस्य कम्पनीहरूबाट जम्मा ७ जना प्राविधिज्ञहरु सहभागी रहेको नाडाले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पाठ्यक्रम विकास विशेषज्ञ खेमराज काफ्लेले मुख्य प्रशिक्षकको रूपमा प्रशिक्षण दिएका थिए। 

विद्युतीय सवारी साधनहरूको प्रयोग र महत्व दिनहुँ बढ्दै गएको अवस्थामा नाडाले पहिलो पटक यस किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको हो। 

यस किसिमको वर्कशप तथा गोष्ठीबाट नाडाले विद्युतीय सवारी साधनहरूको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने अपेक्षा राखेको छ। साथै नाडाले महासंघसँगको सहयोगमा यस्ता प्राविधिक तालिम कार्यक्रमहरु गर्दै जाने लक्ष्य लिएको छ।


प्रकाशित : सोमबार, जेठ २९ २०८००८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend