आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार

images
सोमबार, जेठ २९ २०८०
images
images
बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार

मधेस सरकारले आगामी आवका लागि करिब ३५ अर्ब रूपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ।

images
images

धनुषा- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ।प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो।

images
images
images

प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आवका लागि करिब ३५ अर्ब रूपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। 'चालु वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने भएको छ', उनले भने, 'प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी करिब ३५ अर्ब रूपैयाँको बजेट ल्याउने तयारी भइरहेको छ।'

images
images

सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माण हुने उनको भनाइ छ। 'अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा छ। संघ सरकारले आगामी आवका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने भएको हो', अर्थ सचिव भट्टराईले भने।

images
images
images

चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारले ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रूपैयाँको बजेट ल्याएको थियो। 

गत मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा एक सय ८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन संसद्‌मा छलफल भइ गत शुक्रबार सर्वसम्मतिले पारित भइसकेको छ। रासस


प्रकाशित : सोमबार, जेठ २९ २०८००६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend