आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट आएको छ : अर्थमन्त्री महत

images
सोमबार, जेठ २९ २०८०
images
images
अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट आएको छ : अर्थमन्त्री महत

कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरिएको अर्थमन्त्रीले डा‍. प्रकाशशरण महतले बताए।

images
images

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट निर्माण भएको बताएका छन्।

images
images
images

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ५ ले आज बिहान यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढंगले बजेट निर्माण भएको दाबी गरेका छन्।

images
images

'केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोटका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ', उनले भने। निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको उनको भनाइ छ।

images
images
images

अर्थमन्त्री डा महतले आफ्नो अठोट देश र जनताप्रति भएको स्पष्ट पारे। 'हाम्रा आकांक्षाहरु धेरै छन् तर स्रोत र साधन सीमित छन्, भएका स्रोत साधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ', उनले भने।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा महतले पार्टीभित्र अनुशासन जरुरी रहेको बताए। पार्टीभित्र एक अर्काप्रति आदर र सम्मान गर्ने परिपाटी राख्नुपर्ने उनको भनाइ थियो।

उनले कांग्रेस बलियो भए कुनै राजनीतिक दल र शक्तिसँग समन्वय र गठबन्धन गर्न नपर्ने बताए। पार्टीभित्र छलफल गरी निष्कर्ष निकालेर बाहिर एक स्वरका साथ जानुपर्ने उनको भनाइ छ। व्यक्ति पार्टीभन्दा ठूलो बन्न नसक्ने डा महतले बताए। रासस


प्रकाशित : सोमबार, जेठ २९ २०८००५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend