काठमाडौं- सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबार सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय र तेजाबी सुनको मूल्य एक लाख ११ हजार ८ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।