बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अमेरिका र माल्टा पठाउने भन्दै रकम लिएर फरार भएका दुईजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २८ २०८०
अमेरिका र माल्टा पठाउने भन्दै रकम लिएर फरार भएका दुईजना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारका लागि  अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका-७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ र मुगु छाँयानाथ रारा नगरपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलङ्की बस्ने ३४ वर्षीय प्रवीन खड्का रहेका छन्।

श्रेष्ठले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिने त्यसका लागि रु ३१ लाख लाग्ने र अमेरिका पुगेपछि मोबाइल सफ्टवेयर कम्पनीमा काम लगाइदिने तथा मासिक ३ लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा ६ लाख २१ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

यसैगरी, खड्काले कर्णबहादुर बुढासमेत दुई जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ११ लाख ५० हजार लाग्ने तथा माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाई प्रलोभनमा पारी निज पीडिहरुतबाट पटकपटक गरी जम्मा ९ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेको आरोपमा आज काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रेग्मीले बताए। 


प्रकाशित : आइतबार, जेठ २८ २०८०१३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend