आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

३५ अर्ब लागतमा सञ्चालन हुने  दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धिको सुरुवात 

images
आइतबार, जेठ २८ २०८०
images
images
३५ अर्ब लागतमा सञ्चालन हुने  दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धिको सुरुवात 

 पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि अन्तर्गत पूर्व-पश्चिम राजमार्गको बुटवल-गोरुसिङ्गे-चनौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई जलवायु उत्थानशील चार लेनको राजमार्गमा स्तरोन्नति गरिनेछ । 

images
images

काठमाडौं- करिब ३५ अर्ब रुपैयाँ लागतको पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजनाको उद्घाटन भएको छ। 

images
images
images

विश्व बैंक र नेपाल सरकारबीचको सहाकार्यमा सुरू भएको यो परियोजनाको आज उद्घाटन गरिएको हो। २७ करोड ५० लाख अमेरिकी डलरको यो आयोजनाले नेपालमा छनौट गरिएका व्यापारिक करिडोरहरूमा व्यापार र यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्न मद्दत गर्नेछ ।

images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरले आज उक्त आयोजनाको उद्घाटन गरेका हुन्। 

images
images
images

पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि अन्तर्गत पूर्व-पश्चिम राजमार्गको बुटवल-गोरुसिङ्गे-चनौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई जलवायु उत्थानशील चार लेनको राजमार्गमा स्तरोन्नति गरिनेछ । 

विशेष गरी महिला उद्यमी र व्यापारीहरूका लागि आर्थिक अवसरहरू बृद्धि गर्नमा ध्यान दिँदै यस आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहितको कम्तीमा तीनवटा बजार क्षेत्रहरू निर्माण गर्नेछ।


प्रकाशित : आइतबार, जेठ २८ २०८०११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend