आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

आर्थिक समस्या श्रृंखलाबद्ध बेथितिका कारण आएको हो, बजेटले यो कुरा स्वीकार गरेन : प्रदीप पौडेल 

images
आइतबार, जेठ २८ २०८०
images
images
आर्थिक समस्या श्रृंखलाबद्ध बेथितिका कारण आएको हो, बजेटले यो कुरा स्वीकार गरेन : प्रदीप पौडेल 

आवश्यक संरचनागत सुधारको कडी टुट्नु, रोजगारी सिर्जना र उत्पादन वृद्धिका लागि सरकारी नीति केन्द्रित नहुनु जस्ता मुख्य कारणले अर्थतन्त्र अहिले समस्यामा परेको उनको भनाइ छ। 

images
images

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले आगामी आर्थिक वर्षको बजेटले आर्थिक समस्या सुधारका लागि प्रतिबद्धता गर्न नसकेको प्रतिक्रिया दिएका छन्। 

images
images
images

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पौडेलले वर्तमान आर्थिक समस्याको सही पहिचान गर्नमा बजेट चुकेको आशंका उत्पन्न भएको बताए।

images
images

अर्थतन्त्रमा अहिले समस्या देखिएको र यो समस्याको जड पछिल्ला २/४ वर्षकै घटनामात्र नभएको उनको भनाइ छ। ‘तर बजेटमा कोभिड महामारीदेखि रसिया युक्रेन युद्धका कारणले समस्या आएको भन्ने देखिन्छ। यदि यही हाम्रो निष्कर्ष हो भने समाधानका लागि हामी तयार छैनौँ कि भन्ने आशंका उत्पन्न हुन्छ’ उनले भने। 

images
images
images

अहिलेका आर्थिक शिथिलताको कारण पछिल्ला केही वर्षका निश्चित कारण नभइ श्रृंखलावद्ध बेथितिका कारणले आएको उनको भनाइ छ।

‘लामो बेथितिको श्रृंखलाका कारणले अर्थतन्त्रमा अहिले समस्या देखिएको हो। अहिलेका आर्थिक समस्या विरासतबाट प्राप्त भएका हुन्। अर्थतन्त्रको यो अवस्थाका कारणका बारेमा बजेटमा जुन घोषणा भएका छन् त्यही निष्कर्ष हो भने हामी रुपान्तरणका लागि तयार छैनौँ भन्ने देखिन्छ’ पौडेलले भने। 

उत्पादनबिनाको उपभोग, मूल्यांकन बिनाको लगानीको लामो बेथितिका कारणले अर्थतन्त्रमा अहिले गम्भीर समस्या देखिएको उनको भनाइ छ। यदि अझै पनि उत्पादन बढाउन तथा किफायति सार्वजनिक लगानी नगर्ने र सुशासन कायम नहुने हो भने समस्या अझै गहिरिँदै जाने उनको भनाइ छ। 

‘यो सुधारका लागि हामीले यी समस्या विगत लामो समयका गलत शासकीय अभ्यासबाट सिर्जना भएका हुन् भन्ने स्वीकार गर्नुपर्छ जुन कुरा बजेटमा देखिँदैन’ उनले भने। 

आवश्यक संरचनागत सुधारको कडी टुट्नु, रोजगारी सिर्जना र उत्पादन वृद्धिका लागि सरकारी नीति केन्द्रित नहुनु जस्ता मुख्य कारणले अर्थतन्त्र अहिले समस्यामा परेको उनको भनाइ छ। 

आवश्यकता र प्रभावकारिता नभइ दबाब र प्रभावमा छानिएका आयोजना र त्यसमै खन्याइएको सार्वजनिक स्रोत अहिले अलपत्र परेको, सुधारका नाममा प्रत्येक वर्ष घोषणा गर्ने तर न कार्यान्वयन न मूल्यांकनको अवस्था विद्यमान रहेको उनको भनाइ छ। 

‘जनताको कर परिचालन हुने कुरामा कहाँ कति र किन खर्च गर्ने। भएको खर्च प्रभावकारी भयो कि भएन, जनतालाई अवसर र सेवा दिने कुरामा हाम्रो काम किन तीव्र भएन यति आधारभूत कुरामा पनि हाम्रो अनुमगन र मूल्यांकन भएन। अनि वर्षौंदेखि उहि र उस्तै रटानबाट हामी कसरी अघि बढ्न सक्छौँ?’ पौडेलले प्रश्न गरे। 


प्रकाशित : आइतबार, जेठ २८ २०८००८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend