आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

घर भाडामा छुट दिन माग

images
शनिबार, जेठ २७ २०८०
images
images
घर भाडामा छुट दिन माग

आर्थिक मन्दीको असर रहुन्जेल तथा व्यवसाय पूर्ववत् अवस्थामा चलायमान हुन नसक्दासम्म घरभाडा घटाउन माग गरिएको हो।

images
images

भरतपुर- चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन्।

images
images
images

नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशायी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० प्रतिशत छुट दिन अनुरोध गरेको हो।

images
images

मञ्चले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक मन्दीको असर रहुन्जेल तथा व्यवसाय पूर्ववत् अवस्थामा चलायमान हुन नसक्दासम्म घरभाडा घटाउन माग गरेको हो।

images
images
images

मञ्चका अध्यक्ष ख्याम नारायण पराजुलीले राजमार्ग विस्तारका साथै विकास निर्माणका कामको असर प्रत्यक्ष रूपमा व्यवसायमा परेको भन्दै व्यवसाय पूर्ववत् सञ्चालन नहुँदासम्म भाडादरमा पूर्ण रुपमा छुट दिन घरधनीलाई अनुरोध गरे। उनले घरबहालसम्बन्धी कर घरधनी स्वयम् आफैले तिर्नुपर्नेसमेत स्पष्ट पारे।

अहिले व्यवसायीले आर्थिक मन्दीका कारण घरभाडा समयमा भुक्तानी गर्न नसक्दा घरधनीलाई समेत असर परेको अध्यक्ष पराजुलीको भनाइ थियो। 'घरभाडाका कारण व्यवसाय बन्द हुँदै गएको अवस्थामा बेरोजगारी बढ्ने, घरधनीले प्राप्त गर्ने घरभाडा, राज्यले प्राप्त गर्ने व्यवसाय कर, बहाल करलगायत अन्य करसमेत घट्ने हुँदा यसलाई व्यवसायी, घरधनी र राज्य पक्षले सहजीकरण गरी विकल्प खोज्नुपर्दछ', उनले भने।

चितवनका मुख्य सहर र सडक आसपास क्षेत्रमा ८० देखि ९० प्रतिशतले भवन, सटर, कोठा भाडा लिई व्यवसाय सञ्चालन गर्दै आएका छन्। व्यवसायमा देखिएको ह्रास, चर्को घरभाडा र बैंकको ब्याजका कारण दैनिक खर्च चलाउन समेत समस्या हुन थालेपछि व्यवसायीहरु पलायन हुँदै अध्यक्ष पराजुलीले बताए। उनले बैंक तथा वित्तीय संस्थाद्वारा प्रदान गरिएको कर्जाको ब्याजलाई एक अंकमा सीमित राख्न नेपाल राष्ट्र बैंकलाई अनुरोध समेत गरे। रासस


प्रकाशित : शनिबार, जेठ २७ २०८००७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend