आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

५३ करोड ३२ लाख लागतमा साढे चार लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिँदै

images
शनिबार, जेठ २७ २०८०
images
images
५३ करोड ३२ लाख लागतमा साढे चार लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिँदै

कुल लागत ५३ करोड ३२ लाख २४ हजार दुई सय २० रूपैयाँको लागतमा पानी ट्यांकी निर्माण गर्न लागिएको हो।

images
images

वीरगञ्ज- वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र नेपाल खानेपानी संस्थानले ठूलो क्षमताको पानी ट्यांकी निर्माण गर्न लागेको छ। बढ्दो गर्मीका कारण चापाकललगायतका खानेपानीका मुहानमा पानी आउन छाडेपछि खानेपानी संस्थानले साढे चार लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण गर्न लागेको हो।

images
images
images

महानगरपालिकाको वडा नं १६ स्थित नगवामा निर्माण हुन लागेको खानेपानी पानी ट्यांकीको आज जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादव र नगरप्रमुख राजेशमान सिंहले संयुक्तरुपमा शिलान्यास गरे। सो पानी ट्यांकीले वडा नम्बर १५ र १६ का लगभग ४५ हजार घरधुरी लाभान्वित हुने नेपाल खानेपानी संस्थानका प्रमुख निरन महर्जनले जानकारी दिए।

images
images

निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका जसपाका प्रमुख सचेतक यादवले पानी ट्यांकी निर्माणले वडावासीले भोगिरहेको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे। पछिल्लो समय जलवायु परिवर्तन र बढ्दै गएको तापक्रमका कारण जमिनमुनिको पानीको सतह घट्दै जाँदा चापाकलमासमेत पानी आउन छाडेपछि वर्तमान मागलाई सम्बोधन गर्न पानी ट्यांकी निर्माणको काम सुरुवात गरिएको उनले बताए।

images
images
images

जलवायु परिवर्तन र विभिन्न कारणले जमिनमुनि रहेको पानीको सतह तल झर्दै गइरहेको उल्लेख गर्दै उनले रुख रोप्ने र घरघरमै ‘वाटर रिचार्ज’को उपाय अपनाउनुपर्नेमा जोड दिए। नगरप्रमुख सिंहले तराई-मधेसका क्षेत्रमा देखिएको पानीको समस्या गम्भीर भएको बताए।

उनले महानगरभित्र देखिएको खानेपानीको समस्या समाधानका लागि नेपाल खानेपानी संस्थानसँग मिलेर महानगरका विभिन्न वडामा चार हजार धारा निःशुल्करुपमा जडान गर्न लागिएको जानकारी दिए। महानगरपालिकाले नेपाल खानेपानी संस्थानसँग समन्वय गरेर चार हजार घरधुरीमा निःशुल्क धारा जडान गरिने नगरप्रमुख सिंहको भनाइ थियो। 

संघीय सरकारको सहयोगमा नेपाल खानेपानी संस्थानले वीरगञ्ज जलापूर्ति परियोजनाअन्तर्गत कुल लागत ५३ करोड ३२ लाख २४ हजार दुई सय २० रूपैयाँको लागतमा सो पानी ट्यांकी निर्माण गर्न लागिएको खानेपानी संस्थानका प्रमुख महर्जनले बताए। परियोजना दुई वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ।

दुई सातादेखि बढ्दो गर्मीका कारण सतहको पानी तल झर्दै गएर चापाकलमा पानी आउन छाडेपछि पर्साको ग्रामीण क्षेत्रमा खानेपानीको हाहाकार हुँदै गएको छ। पर्साको वीरगञ्ज महानगरपालिकाका ग्रामीण क्षेत्रसहित दुई दर्जन गाउँमा खानेपानीको संकट बढ्दै गएको स्थानीयले बताएका छन्। रासस 


प्रकाशित : शनिबार, जेठ २७ २०८००७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend