आइतबार, जेठ ६ गते २०८१    
images
images

सेजन पूर्वअध्यक्ष सापकोटाको उपन्यास ‘सेयरपुर’ सार्वजनिक

images
शुक्रबार, जेठ २६ २०८०
images
images
सेजन पूर्वअध्यक्ष सापकोटाको उपन्यास ‘सेयरपुर’ सार्वजनिक

पुस्तक माथिको छलफलमा धितोपत्र बोर्डका अध्यक्ष हमालले पुस्तकले सेयर बजारमा लगानी गर्नको लागि प्रोत्साहित गरेको बताए।

images
images

काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुर सार्वजनिक गरिएको छ। बिहीबार सेजनद्वारा आयोजित ‘सेयरपुर’ पुस्तक माथिको विमर्श कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका वर्तमान तथा पूर्वअध्यक्षहरूद्वारा उपन्यास सार्वजिनक गरिएको हो।

images
images
images

पुस्तक माथिको छलफलमा धितोपत्र बोर्डका अध्यक्ष हमालले पुस्तकले सेयर बजारमा लगानी गर्नको लागि प्रोत्साहित गरेको बताए। नेपालमा पुँजी बजार क्रमशः विस्तार हुँदै गएको हमालको भनाइ थियो। 

images

उपन्यासमा रहेको पदम पात्रसँग सन्दर्भ जोड्दै हमालले आफू पनि नेपालमा विरक्त लागेर विदेश २० वर्ष बसेर पुन: नेपालमा आएको स्मरण गरे। नेपालको सेयर बजार अझै सानो रहेको र पारदर्शी नभएको बताउँदै उनले पारदर्शी बनाउन प्रतिस्पर्धाको वातावरण तय गरिँदै लगेको बताए। 

images
images

हमालले क्षमता हुनेले व्यवसाय गर्न पाउनेगरी वातावरण तय गरिएको दाबी गरे। नयाँ ब्रोकर लाइसेन्स दिनको लागि लाइसेन्स दिएको र यसले बजार विस्तार र सरकारको राजस्व वृद्धिमा सहयोग पुर्‍याएको उनको भनाइ थियो। सेयरपुर उपन्यासको मूल्य ५ सय रुपैयाँ र विदेशमा १० डलर रहेको छ। उपन्यास ३९ अध्यायमा विभाजित रहेको छ।

images
images

लेखक सापकोटाले पत्रकारितामा स्नातकोत्तर गरेका छन्। अहिले उनी नेपाल र अमेरिकाको सेयर बजारका लगानीकर्ता हुन्।


प्रकाशित : शुक्रबार, जेठ २६ २०८०११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend