बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सेजन पूर्वअध्यक्ष सापकोटाको उपन्यास ‘सेयरपुर’ सार्वजनिक

शुक्रबार, जेठ २६ २०८०
सेजन पूर्वअध्यक्ष सापकोटाको उपन्यास ‘सेयरपुर’ सार्वजनिक

पुस्तक माथिको छलफलमा धितोपत्र बोर्डका अध्यक्ष हमालले पुस्तकले सेयर बजारमा लगानी गर्नको लागि प्रोत्साहित गरेको बताए।

काठमाडौं- नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुर सार्वजनिक गरिएको छ। बिहीबार सेजनद्वारा आयोजित ‘सेयरपुर’ पुस्तक माथिको विमर्श कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका वर्तमान तथा पूर्वअध्यक्षहरूद्वारा उपन्यास सार्वजिनक गरिएको हो।

पुस्तक माथिको छलफलमा धितोपत्र बोर्डका अध्यक्ष हमालले पुस्तकले सेयर बजारमा लगानी गर्नको लागि प्रोत्साहित गरेको बताए। नेपालमा पुँजी बजार क्रमशः विस्तार हुँदै गएको हमालको भनाइ थियो। 

उपन्यासमा रहेको पदम पात्रसँग सन्दर्भ जोड्दै हमालले आफू पनि नेपालमा विरक्त लागेर विदेश २० वर्ष बसेर पुन: नेपालमा आएको स्मरण गरे। नेपालको सेयर बजार अझै सानो रहेको र पारदर्शी नभएको बताउँदै उनले पारदर्शी बनाउन प्रतिस्पर्धाको वातावरण तय गरिँदै लगेको बताए। 

हमालले क्षमता हुनेले व्यवसाय गर्न पाउनेगरी वातावरण तय गरिएको दाबी गरे। नयाँ ब्रोकर लाइसेन्स दिनको लागि लाइसेन्स दिएको र यसले बजार विस्तार र सरकारको राजस्व वृद्धिमा सहयोग पुर्‍याएको उनको भनाइ थियो। सेयरपुर उपन्यासको मूल्य ५ सय रुपैयाँ र विदेशमा १० डलर रहेको छ। उपन्यास ३९ अध्यायमा विभाजित रहेको छ।

लेखक सापकोटाले पत्रकारितामा स्नातकोत्तर गरेका छन्। अहिले उनी नेपाल र अमेरिकाको सेयर बजारका लगानीकर्ता हुन्।


प्रकाशित : शुक्रबार, जेठ २६ २०८०११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend