बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पाँच सचिवको सरुवा, को कहाँ?

शुक्रबार, जेठ २६ २०८०
पाँच सचिवको सरुवा, को कहाँ?

काठमाडौं- सरकारले पाँच सचिवको सरुवा गरेको छ। जसमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ। 

यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन्। 

राष्ट्रिय योजना आयोगमा भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयनारायण ज्ञवालीलाई पठाइएको छ। उद्योग सचिव भने खाली राखिएको छ।

यसैगरी खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामआधार साहलाई खानेपानी मन्त्रालयमा पठाइएको छ। 


प्रकाशित : शुक्रबार, जेठ २६ २०८००९:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend