बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केवलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

शुक्रबार, जेठ २६ २०८०
ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केवलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो।

काठमाडौं- ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकट किन्दा १० प्रतिशत क्यासब्याक पाउने  भएका छन्। 

बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो।

यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम १ रुपैयाँसम्म क्यासब्याक पाउने छन्।

यो योजना सिमित अवधिको लागि लागु रहने कम्पनीले जनाएको छ। बैंकले ३ सय ५७ शाखा कार्यालय, ३५७ एटीएम, ३ सय २२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन एवम् राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ। 


प्रकाशित : शुक्रबार, जेठ २६ २०८००९:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend