आइतबार, जेठ ६ गते २०८१    
images
images

हेल्थ अवार्डको ११औँ संस्करण दिगो विकासका लक्ष्य प्राप्तिका लागि स्वास्थ्य प्रवर्द्धनको महत्वमा केन्द्रित रहने 

images
बिहीबार , जेठ २५ २०८०
images
images
हेल्थ अवार्डको ११औँ संस्करण दिगो विकासका लक्ष्य प्राप्तिका लागि स्वास्थ्य प्रवर्द्धनको महत्वमा केन्द्रित रहने 
images
images

काठमाडौं- स्वास्थ्य खबर हेल्थ अवार्डको ११औँ संस्करण ‘दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहने भएको छ। 

images
images
images

भदौ तेस्रो साता हुने हेल्थ अवार्डमार्फत नेपालले दिगो विकासका लक्ष्यहरुको सन्दर्भमा विश्व समुदायसँग गरेको प्रतिबद्धता प्राप्तिका लागि भविष्यका कार्यक्रमहरुमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन सरोकारवालाहरुलाई पुनःस्मरण गर्ने मौका जुराउने आशा राखिएको छ।

images

‘यस वर्षको अवार्डको मुल विषय दिगो विकासका लक्ष्यहरु प्राप्तिमा मिडियासहित सबै क्षेत्रको सहभागिता चाहिन्छ भन्ने तथ्यको गहिरो बोध पनि हो,’ स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेले भने। दिगो विकास लक्ष्यहरु सन् २०१५ मा संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रबाट अनुमोदन भई सन् २०३० सम्ममा हासिल गर्ने गरी विश्वव्यापी रुपमा जारी गरिएको थियो। 

images
images

‘हामी सबैलाई अवगत भएकै तथ्य हो, प्रभावकारी स्वास्थ्य प्रवर्द्धनबिना दिगो विकासका लक्ष्यहरु प्राप्त हुन सक्दैनन्,’ उनले भने, ‘यो सन्दर्भमा स्वास्थ्य क्षेत्र सुधार र विभेदरहित स्वास्थ्य प्रवर्द्धनमा राष्ट्रिय तहका सरोकारवालाहरुको ऐक्यबद्धता र प्रतिबद्धताबिना दिगो विकासको लक्ष्यको मुल मर्म बोध गर्न कठिन छ।’

images
images

यो अवार्डमार्फत आफूले नीतिगत तहमा काम गर्ने र स्वास्थ्य सेवा प्रवाहको दौरानमा अग्र भागमा रहेका काम गर्ने सबैले नेपाली जनताको स्वास्थ्य र आरोग्यतामा पु¥याएको विशिष्ठ सेवाको पहिचान र सम्मान गर्न चाहेको पनि न्यौपानेले बताए।

दिगो विकासका लक्ष्यहरुको तेस्रो बुँदामा स्वस्थ जीवन र सबैको आरोग्यता प्रवर्द्धनको विषय समेटिएको छ । यस लक्ष्यमा मातृ स्वास्थ्य, नवजात शिशु, किशोर-किशोरी स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरु, सर्वव्यापी स्वास्थ्य पहुँच र गुणस्तर तथा सुलभ स्वास्थ्यमा सबैको पहुँच लगायतका महत्वपूर्ण विषयहरु समेटिएका छन् ।

‘दिगो विकासका लक्ष्यहरुमा समेटिएको स्वास्थ्य क्षेत्रको गन्तव्य तथा सूचकहरु कार्यान्वयनमा आएको खण्डमा नेपालका लाखौं व्यक्ति लाभान्वित हुनेछन्,’ न्यौपानेले भने, ‘त्यसैले अब हामीले ढिलाइ नगरी यी लक्ष्यहरुको कार्यान्वयनमा सबै क्षेत्रबाट योगदान गर्नुपर्ने समय आएको छ।’


स्वास्थ्यखबर हेल्थ अवार्ड स्वास्थ्य सेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मानस्वरुप वार्षिक रुपमा प्रदान गरिँदै आएको छ। अवार्डको लागि नामावली संकलन, छनोट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित निर्णायक समितिमार्फत गरिने छ।


प्रकाशित : बिहीबार , जेठ २५ २०८००१:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend