आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

हुम्लामा खाद्यान्न अभाव

images
बिहीबार , जेठ २५ २०८०
images
images
हुम्लामा खाद्यान्न अभाव

खाद्यान्न मौज्दात नभएकै कारण एक महिनादेखि सर्वसाधारणका लागि खाद्यान्न बिक्री वितरणसमेत गरिएको छैन।

images
images

सिमकोट- हिमाली जिल्ला हुम्लामा खाद्यान्नको अभाव देखिएको छ।

images
images
images

जिल्ला खाद्य व्यवस्था समितिले दुुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न थप नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो।

images
images

जिल्लामा खाद्यान्न अभाव हुनुका साथै जिल्लाबाट माग भएको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामाथि लिमिटेडले हालसम्म सुनुवाइ नगर्दा समस्या भएको हो। हाल शाखाको गोदाममा तीन सय क्विन्टल खाद्यान्न मात्र मौज्दात रहेको र यसले सर्वसाधारणलाई बिक्री वितरण गर्न नसकिने अवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए।

images
images
images

जिल्लाको माग सुनुवाइ नगर्नु नै समस्याको मुख्य कारण भएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए।

थप कोटा खाद्यान्न मागका लागि खाद्य व्यवस्था समितिले २०७८ मंसिर १८ गते र फागुन २६ गते निर्णय गरेर सो खाद्यान्न माग गरेको थियो। बुधबार बसेको समितिको बैठकले पुनः थप कोटाको खाद्यान्न माग गरेको छ। यो सहित जिल्लाबाट तेस्रो पटक थप खाद्यान्न माग गरिएको हो। बर्सेनि लिमिटेडबाट थप कोटा खाद्यान्न स्वीकृत हुँदै आउने गरेको थियो। 
   
नेपालगञ्जबाट ढुवानी जिम्मा पाएको तारा एयर र सुर्खेतबाट ढुवानीको जिम्मा पाएको समिट एयरले समयमै खाद्यान्न ढुवानी नगर्दा पनि जिल्लामा समस्या देखिएको लिमिटेड सिमकोट शाखाका प्रमुख अधिकारीले बताए।

चालु वर्ष नेपालगञ्जबाट चार हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तारा एयरले अहिलेसम्म तीन सय क्विन्टल र सुर्खेतबाट समिट एयरले ६ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तीन सय क्विन्टल नगरेको कारण समस्या देखिएको हो। दुुवै एयरलाइन्सलाई आफ्नो ढुवानी गर्ने जिम्माको खाद्यान्न तत्काल ढुवानी गर्न ताकेता गर्दा पनि अटेरी गर्ने गरेकाले सिमकोटस्थित गोदाममा खाद्यान्न मौज्दात न्यून भएको जनाइएको छ।

ती एयरलाइन्सले नेपालगञ्जबाट प्रतिकेजी एक सय ६० र सुर्खेतबाट प्रतिकेजी एक सय ५ रूपैयाँमा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेका थिए। गोदाममा खाद्यान्न तीन सय क्विन्टल मात्र मौज्दात छ।

खाद्यान्न भइपरि आउने कार्यका लागि शाखाले बिक्री गर्दै आएको छ। खाद्यान्न मौज्दात नभएकै कारण एक महिनादेखि सर्वसाधारणका लागि खाद्यान्न बिक्री वितरणसमेत गरिएको छैन। एक पटक खाद्यान्न बिक्री गर्न तीन हजार क्विन्टल खाद्यान्न आवश्यक पर्ने जनाइएको छ। अब चालु वर्षको खाद्यान्न ढुवानी भए पनि त्यसले बिक्री गर्न नसकिने अवस्था रहेकाले लिमिटेड केन्द्रले थप कोटा खाद्यान्न पठाउनैपर्ने बाध्यता देखिएको हो। रासस


प्रकाशित : बिहीबार , जेठ २५ २०८०१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend