आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशबारे साइबर ब्यूरोले थाल्यो अनुसन्धान

images
बिहीबार , जेठ २५ २०८०
images
images
हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशबारे साइबर ब्यूरोले थाल्यो अनुसन्धान

लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पुर्‍याएर विदेशी टिकट इस्यु गरेको उजुरीपछि अनुसन्धान सुरू गरिएको हो।

images
images

काठमाडौं- केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरुले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ। 

images
images
images

उनीहरूले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पुर्‍याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्यूरोले अनुसन्धान थालेको हो।

images
images

टिकेटिङ प्रणाली ह्याक गरी अनधिकृत रुपमा टिकट काटिएका संस्थाबाट उजुरी परेकाले छानबिन थालिएको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। उनका अनुसार अहिले उक्त विषयमा सुक्ष्म अनुसन्धान भइरहेको छ।

images
images
images

उपनिर्देशक रायले  तीनवटा संस्थाले त्यसरी ब्यूरोमा उजुरी दिएको उल्लेख गर्दै  ब्यूरोले त्यस्ता घटनामा सचेत हुन सेवाप्रदायक कम्पनी तथा आम नागरिकलाई पनि अनुरोध गरेको छ। कस्मो नेपाल ट्राभल्सलगायत तीन  संस्थाका युजर नेमबाट लाखौँको टिकट काटिएको सार्वजनिक भएको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ २५ २०८०१०:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend