आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

प्याजको मूल्य अस्वभाविक बढेपछि बजार अनुगमन सुरू, गोदामहरूमा खोज्दै वाणिज्य विभाग

भ्याटको कारण देखाउँदै २० गतेयता आयात नै रोकियो

images
बिहीबार , जेठ २५ २०८०
images
images
प्याजको मूल्य अस्वभाविक बढेपछि बजार अनुगमन सुरू, गोदामहरूमा खोज्दै वाणिज्य विभाग

यसअघि दैनिक ७० देखि ८० टन प्याजको व्यापार हुने गरेपनि अहिले व्यापार नै रोकिएको छ। नेपाली बजारमा खपत हुने ९९ प्रतिशत प्याज भारतबाट नै आयात हुन्छ।

images
images

काठमाडौं- प्याजको मूल्य अस्वभाविक रुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन सुरु गरेको छ। विभागले प्याजको मूल्य प्रतिकिलो १ सय १० रुपैयाँसम्म बिक्री भएको भन्ने उजुरी तथा गुनासो बढेपछि गोदामहरूमा अनुगमन सुरु गरेको हो।

images
images
images

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार अहिले उपत्यकाका प्याज तथा आलु गोदाम खोज्ने क्रम जारी रहेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक ऐनमार्फत प्याजमा दिँदै आएको भ्याट छुट खारेज गरेको थियो।

images
images

प्याजमा भ्याट लागु गरेको भन्दै व्यवसायीले गएको २० गतेदेखि नै भारतबाट प्याज आयात गरेका छैनन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले २० गतेपछि बजारमा प्याज नआएको बताए। यसअघि दैनिक ७० देखि ८० टन प्याजको व्यापार हुने गरेपनि अहिले व्यापार नै रोकिएको छ। 

images
images
images

नेपाली बजारमा खपत हुने ९९ प्रतिशत प्याज भारतबाट नै आयात हुन्छ। सरकारले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै कृषिजन्य उत्पादनमा यसअघि दिँदै आएको भ्याट छुट खारेज गरेको थियो। जसको असर बजारमा देखिएको छ। बजारमा अहिले प्याजको मूल्यमा कालोबजारी सुरु भएको विभागका महानिर्देशक ठाकुर बताउँछन्। 

तरकारी बजारका अनुसार भ्याट लागु भएपछि भारतबाट प्याज आयात नै भएको छैन। तर व्यापारीले पहिले ल्याएको प्याजमा भ्याट जोडेर पनि अस्वभाविक मूल्यमा बिक्री गरिरहेको सूचना आएपछि अनुगन सुरु भएको ठाकुर बताउँछन्।

व्यापारीलाई भ्याटको मूल्य जोडेर बेच्दा कुनै कारबाही नहुने तर कालोबजारी गरेको फेला पारे कारबाही हुने उनको भनाइ छ। अनुगमनका क्रममा कतिपय गोदाममा समेत प्याज नभएको उनको भनाइ छ। बजेट अगाडि आएको प्याज व्यापारीले कालोबजारीमा बिक्री गरेको हुनसक्ने ठाकुरको बुझाइ छ।

१० महिनामा मात्रै नेपालमा भारतबाट १५ करोड ४४ लाख ५८ हजार १ सय ४८ किलो प्याज आयात भएको छ। १० महिनामा प्याज आयातमा मात्रै ५ अर्ब ६२ करोड रुपैयाँ विदेशिएको छ। 


प्रकाशित : बिहीबार , जेठ २५ २०८००९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend