आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

संसद्‌मा रवि लामिछानेको प्रश्न : राजस्व प्रक्षेपण होलसेलमा भएको हो?

images
बिहीबार , जेठ २५ २०८०
images
images
संसद्‌मा रवि लामिछानेको प्रश्न : राजस्व प्रक्षेपण होलसेलमा भएको हो?

समग्र बजेट नै हचुवाको भरमा तयार भएको आशंका गर्दै सांसद रवि लामिछानेले राजस्व वृद्धिदरको लक्ष्यमाथि प्रश्न उठाएका छन्। 

images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले अर्थमन्त्री डा प्रकाशशरण महतलाई राजस्व अनुमानका सन्दर्भमा पाँच प्रश्न गरेका छन्।

images
images
images

बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद लामिछानेले अर्थमन्त्रीलाई प्रश्न गरेका हुन्।  

images
images

समग्र बजेट नै हचुवाको भरमा तयार भएको आशंका गर्दै लामिछानेले राजस्व वृद्धिदरको लक्ष्यमाथि प्रश्न उठाएका हुन्। 

images
images
images

राजस्वका अधिकांश शीर्षकको स्रोत अवस्था फरक भएको तर वृद्धिदरको समान लक्ष्य राखिएको उनले बताए। ‘यसले हचुवाको भरमा बजेट तयार भएको आशंका प्रशस्त दिएको छ’, उनले भने। 

कर, गैरकरमात्र होइन त्यहाँभित्रका विभिन्न शीर्षकलाई प्रभाव पार्ने तत्वमा भिन्नता हुने भए पनि वृद्धिदरको लक्ष्य एउटै राख्नुपर्ने, कतै यो होलसेलमा तयार भएको बजेट त होइन? भन्दै उनले प्रश्न गरे।


प्रकाशित : बिहीबार , जेठ २५ २०८००७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend