बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बैतडीका स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरू

बिहीबार , जेठ २५ २०८०
बैतडीका स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरू

स्थानीय तहबाटै श्रम स्वीकृति पाउन थालेपछि वैदेशिक रोजगारीमा जान चाहने युवालाई सहज भएको छ।

बैतडी- बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरू गरेका छन्। यहाँका दश स्थानीय तहमध्ये पाटन र दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरू गरेका हुन् ।  

यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाट पनि प्रदान गर्न सकिने भएपछि दुई पालिकाले श्रम स्वीकृति दिन थालेका हुन्। 

सरकारको गत चैत १६ गतेको निर्णय अनुसार बैशाख १ गतेदेखि लागू हुने गरी स्थानीय तहले नै  रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा पाटन नगरपालिकाले श्रम स्वीकृति दिन थालेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिइन्।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादित बनाउन स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको उनको भनाइ छ।

यसअघि दशरथचन्द नगरपालिकाले गत बैशाख अन्तिम साताबाट श्रम स्वीकृत दिन थालेको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ २५ २०८००६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend