आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

अब आधा-आधा घण्टाको दुरीमा झोलुंगे पुल

images
बुधबार, जेठ २४ २०८०
images
images
अब आधा-आधा घण्टाको दुरीमा झोलुंगे पुल

सरकारले चालु आर्थिक वर्षमा झन्डै ६ सय पुल सम्पन्न गर्ने भएको छ भने आगामी वर्ष ६ सय पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ।

images
images

काठमाडौं- ग्रामीण क्षेत्रका नागरिकले नदी पार गर्न आधा घण्टाभन्दा बढी हिँड्न नपर्ने हुने भएको छ। सरकारको हाल एक घण्टाको दुरीमा झोलुंगे पुल निर्माण गर्ने रणनीति रहेकामा त्यसलाई परिवर्तन गरेर आधा घण्टा बनाउन लागिएको हो। 

images
images
images

दुर्गम क्षेत्रका नागरिकलाई आवागमनमा समस्या हुने भएपछि गोरेटो बाटोबाट एक घण्टा हिँडेर जानुपर्ने अवस्थाको अन्त्य नहोस् भनेर आधा घण्टाको दुरीमा झोलुंगे पुल निर्माण गर्ने रणनीति बनाउन लागिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ।

images
images

कम्तिमा एक किमीको दुरी कायम गर्दा हालको लक्ष्य हासिल भए पनि आधा घण्टा कायम हुँदा देशभरमा माग बढ्ने विभागका उपमहानिर्देशक अशोककुमार साहले बताए। स्थानीय तहबाट माग भएअनुसार सरकार आफैले वा स्थानीय तहमार्फत पुल निर्माण गरिने उनले बताए। 'पुल बनाउँदा समन्वय हुनुपर्छ। नयाँ रणनीति अनुसार झोलुंगे पुल सम्पन्न गर्नलाई अबको १०/१५ वर्ष लाग्न सक्छ', उपमहानिर्देशक साहले भने।

images
images
images

उनका अनुसार पहिले एउटा पुल वा झोलुंगे पुलबाट अर्कोमा जानका लागि कम्तीमा एक घण्टाको दुरी राखिएको थियो। अब बन्न लागेको रणनीति पास भएर कार्यान्वयनमा जाँदा पुलको संख्या बढ्ने उपमहानिर्देशक साहले बताए। उनले भने, 'अहिले एउटा खोलामा १० पुल छन् भने नयाँ रणनीति अनुसार १४ हुन सक्छ। अहिलेसम्म यातायातको प्रयोजनका लागि मात्रै पुल बनाइने गरेकामा अब पर्यटन वा अरु प्रयोजनका लागि बनाइने छ।'

विगतमा ठाउँठाउँमा रहेका तुईन हटाइएको उपमहानिर्देशक साहले बताए। सरकारले अहिले दुर्गम पहाडी जिल्लालाई प्राथमिकता दिएर पुल निर्माण गरिरहेको उनले जानकारी दिए। उनका अनुसार संघीय सरकारले सशर्त अनुदानमा पैसा दिएपछि गाउँपालिकाले झोलुंगे पुल बनाउने गरेको छ। 

लम्बाइका आधारमा छोटा पुल स्थानीय तहले, मध्यम लम्बाइका पुल प्रदेश सरकारले निर्माण गरिरहेका छन्। संघीय सरकारले लम्बाइका आधारमा लामा र नयाँ प्रविधिका झोलुंगे पुल निर्माण गर्दै आएको छ। उपमहानिर्देशक साहका अनुसार सबै झोलुंगे पुलका लागि आवश्यक लठ्ठा भने विभागले नै उपलब्ध गराउँदै आएको छ। 

सरकारले चालु आर्थिक वर्षमा झन्डै ६ सय पुल सम्पन्न गर्ने भएको छ भने आगामी वर्ष ६ सय पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ। हालसम्म देशभरमा १० हजार पुल निर्माण भएको विभागले जनाएको छ। रासस


प्रकाशित : बुधबार, जेठ २४ २०८००९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend