आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

गाईघाटमा निर्माणाधीन बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र

images
बुधबार, जेठ २४ २०८०
images
images
गाईघाटमा निर्माणाधीन बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र

विसं २०७८ पुसमा निर्माण सम्पन्न नभएपछि दुई पटकमा छ/छ महिना म्याद थप गर्दा पनि निर्माण कम्पनीको लापरबाहीका कारण काम रोकिएको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बताए।

images
images

उदयपुर- जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाट बजारस्थित वडा नं १२ मा निर्माणाधीन नयाँ बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र परेको छ। यहाँ  निर्माणाधीन साढे दुई तले अत्याधुनिक टर्मिनल भवन निर्माण कम्पनीका ठेकेदारले बीचमा काम छाडेपछि दुई वर्षदेखि अलपत्र परेको हो।

images
images
images

सप्तरीस्थित सघन सहरी विकास भवन निर्माण कार्यालय राजविराजले हेर्ने गरी विसं २०७६ असारमा निर्माण कम्पनी रमण आइएसएनवी जेभी कन्स्ट्रक्सन प्राली जनकपुरसँग सम्झौता भई निर्माण सुरु गरिएको भवन निर्माण आयोजनाका प्रमुख इन्जिनियर सचिन्द्र देवले जानकारी दिए।

images
images

भ्याट करबाहेक १२ करोड ४९ लाख रूपैयाँमा उक्त निर्माण कम्पनीले ठेक्का लिएर काम थालेको चार वर्ष हुन लाग्दा अहिलेसम्म भवन निर्माण अलपत्र रहेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बताए। उनका अनुसार विसं २०७८ पुसमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। विसं २०७८ पुसमा निर्माण सम्पन्न नभएपछि दुई पटकमा छ/छ महिना म्याद थप गर्दा पनि निर्माण कम्पनीको लापरबाहीका कारण काम रोकिएको नगरप्रमुख बस्नेतले बताए।

images
images
images

ठेकेदारको गैरजिम्मेवारपूर्ण कार्यले निर्माण अलपत्र भएको भन्दै ठेक्का खोसेर कारबाही प्रक्रिया अगाडि बढाउन लागिएको भवन आयोजनाका प्रमुख इन्जिनियर देवले बताए। उनले निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अन्त्य गरी नयाँ प्रक्रियाबाट काम गर्नुपर्ने अवस्था आएको बताए। उनका अनुसार चार वर्षसम्म ३४ प्रतिशत मात्र भवन निर्माण सम्पन्न भएको छ।

नगरप्रमुख बस्नेतका अनुसार साढे दुई तले उक्त भवनमा ३० कोठासहित ट्राफिक कक्ष, यात्रु प्रतीक्षालय, पुरुष र महिलाका लागि छुट्टाछुट्टै कोठा, चमेना गृह, व्यापार केन्द्र (शपिङरुम) र वरिपरि फूलबारीसमेत रहने छ।

विसं २०७६ मा सम्झौता भई २०८० सालसम्म आइपुग्दा निर्माण कम्पनीको लापरवाहीका कारण निर्माण सम्पन्न हुने बेलासम्म पनि अधुरै रहेको हिमाली यातायात व्यवसायी संघ उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेको भनाइ थियो। रासस


प्रकाशित : बुधबार, जेठ २४ २०८००८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend