आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस जारी, ६ दिनसम्म चल्ने

images
बुधबार, जेठ २४ २०८०
images
images
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस जारी, ६ दिनसम्म चल्ने

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि जारी थुनछेक बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिइने छ।

images
images

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु भएको छ।

images
images
images

मंगलबार सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानून व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

images
images

उनका अनुसार बहस आज बिहान ११ बजेदेखि सुरु भएको हो। यसअघि नै निर्धारण भएको बहसको समयानुसार सरकारी वकिलले तीन दिनमा बहस सकेपछि प्रतिवादीतर्फका कानून व्यवसायीले आजदेखि बहस सुरु गरेका हुन्। 

images
images
images

प्रतिवादीतर्फका कानून व्यवसायीले बहसका लागि ६ दिनको समय पाएको सूचना अधिकारी दाहालले बताए।

सरकारी वकिलहरुले प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुन सक्ने तथा जाहेरकर्ताको सुरक्षामा खतरा हुन सक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल प्रस्तुत गरेका थिए।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि जारी थुनछेक बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिइने जनाइएको छ।

उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । 

सोमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका तथा फरार रहेकासहित ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार मुद्दा लगाउँदै २७ करोड ५० लाख रूपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो। रासस


प्रकाशित : बुधबार, जेठ २४ २०८००७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend