आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुईजना पक्राउ

images
बुधबार, जेठ २४ २०८०
images
images
कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुईजना पक्राउ

पक्राउ पर्नेमा ४६ वर्षीय शेरबहादुर तामाङ र ४५ वर्षीया मुनादेवी कार्की रहेका छन्।

images
images

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। 

images
images
images

पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका-१ घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका-१० घर भई हाल काठमाडौं बस्दै आएकी ४५ वर्षीया मुनादेवी कार्की रहेका छन्।

images
images

तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै पाँच लाख रूपैयाँ ठगी गरेको आरोपमा आज नयाँबानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

images
images
images

यसैगरी, कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै चार लाख ५० हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले बबरमहलबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जाजकारी दिए। उनका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ। रासस


प्रकाशित : बुधबार, जेठ २४ २०८००७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend