आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

हिमपहिरोमा बेपत्ता भएका तीन यार्सा संकलकको ३२ दिनपछि शव फेला

images
बुधबार, जेठ २४ २०८०
images
images
हिमपहिरोमा बेपत्ता भएका तीन यार्सा संकलकको ३२ दिनपछि शव फेला
फाइल तस्बिर

बैशाख २२ गते यार्सा संकलन गर्न गएका उनीहरु हिमपहिरोमा परी बेपत्ता भएका थिए।

images
images

मुगु- हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा संकलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन्। 

images
images
images

मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षिय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए।

images
images

मुगुको मुगुम कार्मारोङ गाउँपालिका-२ च्यार्खु लेखमा गत बैशाख २२ गते यार्सा संकलन गर्न गएका उनीहरु हिमपहिरोमा परी बेपत्ता भएका थिए। बेपत्तामा परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कणाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

images
images
images

लगातारको हिमपातका कारण पाटनलगायत हिमालमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा समस्या भएको उनले बताए। ‘बेपत्ता भएकाको तीनै जनाको शव घटनास्थल भन्दा दुई किलोमिटर तल ल्याएका थियौँ’, उनले भने।

शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको प्रनाउ बस्नेतले बताए। रासस 


प्रकाशित : बुधबार, जेठ २४ २०८००६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend