आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

रसुवामा महिलाको नाममा भू-स्वामित्व बढ्यो, ६ सय ३८ महिलाको नाममा छ जग्गा

images
बुधबार, जेठ २४ २०८०
images
images
रसुवामा महिलाको नाममा भू-स्वामित्व बढ्यो, ६ सय ३८ महिलाको नाममा छ जग्गा

राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात् रसुवामा पछिल्लो समय महिलाको नाममा भू-स्वामित्व बढ्न थालेको हो।   

images
images

रसुवा- मालपोत कार्यालयबाट हुने रजिष्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू-स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ।

images
images
images

महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिकरूपमा हुने विभेद हटाउन सरकारले विगत लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात् रसुवामा पछिल्लो समय महिलाको नाममा भू-स्वामित्व बढ्न थालेको हो।

images
images

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक मंगलबार धुञ्चेमा सार्वजनिक गर्दै तथ्यांक कार्यालय नुवाकोटले आठ सय २६ रसुवाली महिलाले एकलरूपमा भू-स्वामित्व कायम गरेको जानकारी दिएको हो। तीमध्ये एक सय ८८ महिलाको घर निर्माण र छ सय ३८ महिलाको जग्गा मात्र रहेको छ। नौ सय ५० महिलाको भने श्रीमानबीच संयुक्त जग्गाधनी प्रमाण पुर्जा लिएको तथ्यांक अधिकृत दीपेन्द्रसिंह धामीले जानकारी दिए।

images
images
images

२२ हजार छ सय ५४ महिला रहेको रसुवामा क्रमिकरूपले महिलाको नाममा भू-स्वामित्व बढ्दै गएको छ। महिलाको नाममा जग्गामध्ये सदरमुकाम क्षेत्रमा २५ प्रतिशत र अन्य क्षेत्रमा ५० प्रतिशत राजस्व छुट हुने प्रावधान रहेको मालपोत प्रमुख गणेश श्रेष्ठले जानकारी दिए।

२६ जातजाति रहेको रसुवाको कुल जनसङ्ख्या ४६ हजार छ सय तथा ८९ रहेको छ। तीमध्ये ३२ हजार एक सय २७ तामाङ समुदायको बाहुल्यता रहेको तथ्यांकले देखाएको छ। यस्तै ६९ दशमलव ६० प्रतिशत साक्षर रहेको रसुवामा ११ हजार एक सय ३१ परिवारले आवास निर्माण गरेको बताइएको छ।

रसुवाबाट वैदेशिक रोजगारका लागि जानेमा  नौ सय ७३ महिला एवं एक हजार तीन सय २९ पुरुष रहेको विवरण सार्वजनिक गरिएको छ। रसुवा र नुवाकोट हेर्ने तथ्यांक कार्यालयले आम नागरिकलाई जनगणनाको नतिजाबारे जानकारी गराउन विवरण सार्वजनिकीकरण कार्यक्रम गरेको हो। रासस


प्रकाशित : बुधबार, जेठ २४ २०८००६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend