आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी

images
बुधबार, जेठ २४ २०८०
images
images
खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी

'यहाँका सबै घरमा खानेपानीको मिटर जडान गरिएको छ, तर धारोमा पानी आउँदैन।'

images
images

नवलपुर- सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ।

images
images
images

उनीहरु एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दै आएका छन्। बिहान उज्यालो हुनेबित्तिकै गाग्री बोकेर पानी लिन जानेहरु दुई घण्टा डोकोमा एक गाग्री पानी बोकेर घर फर्किन्छन्।

images
images

यस क्षेत्रमा सधैँभरि खानेपानीको समस्या रहेको स्थानीय सरस्वती आचार्यले बताइन्। 'ढोडेनीवासीलाई खानेपानीको असाध्यै समस्या छ, एक गाग्री पानी ल्याउन दुई घण्टा उकाली ओराली गर्नुपर्छ', ४० वर्षीया आचार्यले भनिन्, 'यहाँका सबै घरमा खानेपानीको मिटर जडान गरिएको छ, तर धारोमा पानी आउँदैन।'

images
images
images

पानी बोक्न एक जनाको पूरै दिन बित्ने गरेको उनको भनाइ छ। खानेपानीको धारामा पानी नआएपछि उनीहरु कालीगण्डकी नजिकै रहेको लहरा खोलाको पानी पिउन बाध्य छन्। ढोडेनीबाट एक किलोमिटरभन्दा टाढा रहेको उक्त खोलामा पानी लिन जाँदा भिरालो भए पनि पानी बोकेर ल्याउँदा उकालो चढ्नुपर्छ।

स्थानीय जमुना गुरुङ भन्छिन् - 'खोलाबाट पानी लिएर आउँदा उकालीओराली गर्नुपर्छ, पानी बोकेर आउँदा कतिपटक त लडिन्छ।' गाग्री बोक्न नसक्नेले झोलामा बोत्तल हालेर पानी ल्याउने गरेका छन्।

खोलाबाट बोकेर ल्याएको पानीले नुहाइधुहाइ गर्न समस्या हुने भएकाले स्थानीयवासी लुगा बोकेरै खोलामा पुग्ने गर्दछन्। बाख्रापालनका लागि राम्रो सम्भावना भएको यस क्षेत्रमा पानीकै समस्याका कारण पशुचौपाया केहीले मात्र पालेका छन्। हुनेखाने र सक्नेले पानीको ट्यांकर नै घरमा लिएर आउने गरेका भए पनि नसक्नेले खोलाको पानी पिउन बाध्य छन्।

ढोडेनी छतिटारमा कुखुरा पाल्दै आएका विष्णुहरि अधिकारी ट्यांकरबाट ल्याएर पानी पिउने गरेको बताउँछन्।  'खानेपानीको समस्या आजको होइन, विगतदेखि नै यथावत् छ', उनले भने, 'कुखुरालाई नियमित पानी चाहिने हुँदा ट्यांकरबाट पानी झार्ने गरेको छु, तीन हजार लिटर पानीले चार दिन जति पुग्छ।' 

ढोडेनीका झन्डै एक सय ५० परिवारलाई वर्षभरि नै खानेपानीको समस्या हुन्छ। दुई वर्षअघि प्रदेश सरकारको आर्थिक सहयोगमा केवरा ढाप र जलुकेको पानी ल्याइएको थियो। तर अहिले धारामा पानी आउनै छाडेको छ।

'चार किलोमिटर परबाट पानीको पाइप जोडर खानेपानी ल्याइयो, अघिल्लो वर्ष मिटर पनि जोड्यौँ, हप्तामा एक दुई पटक मात्रै अलिकति पानी आउँछ', खानेपानीका लागि जोडिएको मिटर देखाउँदै अधिकारीले भने, 'पानी प्रयोग गर्न नपाए पनि हामीले मासिक ८० रूपैयाँ तिर्नुपरेको छ।'

बर्सेनी माघदेखि जेठ महिनासम्म खानेपानीको हाहाकार नै हुन्छ। गण्डकी प्रदेश सरकारको सहयोगमा कालीगण्डकीमा लिफ्टििङ प्रणालीमार्फत खानेपानी ल्याउने तयारी भइरहेको गैँडाकोट-३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए।

'लिफ्टिङको काम अघि बढेको पाँच वर्ष भइसक्यो, तर निर्माणमा ढिला हुँदा खानेपानीको समस्या भएको हो', उनले भने, 'खानपानीको आयोजना चाँडो निर्माण सम्पन्न गराउन भन्दै पटक-पटक पोखरासम्म धायौँ।' ठेकेदारले रकम नपाएर काम रोकेको छ। प्रदेश सरकारले पैसा भुक्तानी नगर्दा यहाँका बासिन्दाले पानी पिउन नपाएका हुन्।

गण्डकी प्रदेश सरकारले सुरु गरेको लिफ्टिङ खानेपानी योजनाको बजेट छ करोड ४७ लाख ४५ हजार रूपैयाँ रहेको छ। कुल बजेटमध्ये पाँच करोड १६ लाख ७५ हजार रूपैयाँ प्रदेश सरकारको तथा एक करोड ३० लाख ७० हजार रूपैयाँ बराबरको श्रमदान गर्ने सहमतिअनुसार आयोजना अगाडि बढेको हो। चालु आर्थिक वर्ष २०७९/८० मा यस आयोजनाका लागि १५ लाख रूपैयाँ मात्रै बजेट विनियोजन भएको थियो।

विनियोजित बजेटभन्दा बढी काम निर्माण कम्पनीले गरिसकेकाले उसलाई थप २४ लाख रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको आयोजना प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए। न्यौपानेका अनुसार खानेपानी आयोजनाको काम ८० प्रतिशत पूरा भएको छ। काम सम्पन्न गर्न ७८ लाख रूपैयाँ बजेट आवश्यक पर्छ।

यहाँ डेढ किलोमिटर तल कालीगण्डकी नदीबाट लिफ्ट गरेर खानेपानी ल्याइँदैछ। लिफ्ट गरेर ल्याएको पानी संकलनका लागि गाउँको माथिल्लो भागमा डेढ लाख लिटर पानी अट्ने ट्यांकी निर्माण गरिएको छ। यस आयोजनाबाट झन्डै चार सय परिवार लाभान्वित हुने बताइएको छ। रासस


प्रकाशित : बुधबार, जेठ २४ २०८००५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend