आइतबार, जेठ ६ गते २०८१    
images
images

बजाजको २५ वर्ष लिडरशिप योजना सम्पन्न 

images
मंगलबार, जेठ २३ २०८०
images
images
बजाजको २५ वर्ष लिडरशिप योजना सम्पन्न 

देशभरका ग्राहकहरूले उक्त अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएको कम्पनीले जनाएको छ। 

images
images

काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको लिडरशिप क्याम्पेन सम्पन्न गरेको छ।

images
images
images

नयाँ वर्ष २०७८ को अवसरमा सुरु गरिएको 'नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन' कम्पनीले सफलतापूर्वक सम्पन्न गरेको हो। अभियानका क्रममा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो, जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजारसम्मको स्योर शट नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो।

images

अभियानको बारेमा बोल्दै कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले भने, 'नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान 
गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ।'

images
images

देशभरका ग्राहकहरूले उक्त अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएको कम्पनीले जनाएको छ।

images
images

बजाजको 'फ्री लि लि' योजना भने चालु रहेको छ। जसअन्तर्गत उपभोक्ताहरुले १ सय २५ सिसिसम्मको बजाज बाइकको खरिदमा १ सय ९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन्।

बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदरको अफर पनि चालु रहेको छ, जसअन्तर्गत उपभोक्ताहरुले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शून्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भ मार्फत फाइनान्समा बाइक खरिद गर्न सक्नेछन्।


प्रकाशित : मंगलबार, जेठ २३ २०८०१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend