आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

नारायणगढ-बुटवल सडक विस्तारका क्रममा काटिएका रुखका प्रतिपूरक वृक्षरोपण गर्न जग्गा खोजी

images
मंगलबार, जेठ २३ २०८०
images
images
नारायणगढ-बुटवल सडक विस्तारका क्रममा काटिएका रुखका प्रतिपूरक वृक्षरोपण गर्न जग्गा खोजी

सडक विस्तारका क्रममा गैँडाकोटबाट दाउन्नेसम्म ६५ किलोमिटर क्षेत्रफलमा ३६ हजार दुई सय ३२ रुख काटिएका छन्। यसको प्रतिपूरक वृक्षरोपणका लागि नवलपुरमा करिब पाँच सय हेक्टर जग्गाको खोजी गरिएको हो। तर प्राप्त हुन सकेको छैन।

images
images

नवलपुर- राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक विस्तारका क्रममा काटिएको रुखका प्रतिपूरक वृक्षरोपण गर्न नवलपुरमा करिब पाँच सय हेक्टर जग्गाको खोजी गरिँदै छ।

images
images
images

सडक विस्तारका क्रममा काटिएका ३६ हजार रुखको सट्टामा एक रुख बराबर २५ बिरुवाको दरमा प्रतिपूरक वृक्षरोपण गर्नुपर्ने भएकाले ठाउँको खोजी भइरहेको हो। 

images
images

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राकेश झाले वृक्षरोपणका लागि जग्गा खोजी भइरहेको बताए। 'सम्झौताअनुसार ठूलो संख्यामा वृक्षरोपण गर्नुपर्नेछ', उनले भने, 'जिल्लाको दक्षिणी भागसहित पहाडी भागमासमेत जग्गा खोजी भइरहेको छ, तर अहिलेसम्म कहीँ पनि प्राप्त हुन सकेको छैन।'

images
images
images

प्रतिपूरक वृक्षरोपणका लागि डिभिजन वन कार्यालयले जग्गा खोजी गरिदिनुपर्ने भए पनि अहिलेसम्म जग्गा नभेटिएका कारण वृक्षरोपणको काम सुरु हुन नसकेको झाले बताए। उनका अनुसार सडक विस्तारका क्रममा गैँडाकोटबाट दाउन्नेसम्म ६५ किलोमिटर क्षेत्रफलमा ३६ हजार दुई सय ३२ रुख काटिएका छन्। काटिएका रुखमध्ये सडकको उत्तरतर्फ डिभिजन वन र दक्षिखणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका रुख रहेका छन्। 

सुरुवातमा छ हजार दुई सय ९७ रुख कटान गर्नुपर्ने भनिए पनि पछि बढेर ३६ हजार रुख काट्नुपर्ने देखिएको झाले बताए। नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर धीरज ढकालले प्रतिपूरक वृक्षरोपका लागि बिरुवाको प्रजाति मिलाएर रोप्नुपर्ने बताए। सडक छेउछाउको वन क्षेत्र तथा पहाडी भेगको पाखा जग्गामा वृक्षरोपण गर्नेगरी जग्गा खोजी भइरहेको भए पनि आवश्यकताअनुसार जग्गा भेटाउन नसकिएको उनले बताए।

'प्रतिपूरक वृक्षरोपणका लागि धेरै जग्गा आवश्यक पर्छ', उनले भने, 'त्यसका लागि निर्माण व्यवसायी, डिभिजन वन र हामीले संयुक्तरुपमा वृक्षरोपणका लागि जग्गा खोजी गरिरहेका छौँ।'

नारायणगढ-बुटवल सडक विस्तारका क्रममा काटिएका रुखको प्रतिपूरक वृक्षरोपणका लागि नौ लाख पाँच हजार आठ सय बिरुवा रोप्नुपर्ने ढकालले बताए। यस खण्डमा काटिएका रुखको प्रतिपूरक वृक्षरोपणका लागि कम्तीमा पनि चार सय ७६ हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्ने विज्ञ बताउँछन्।

करिब पाँच सय हेक्टर क्षेत्रफलको खाली जग्गा एकै ठाउँमा पाउन कठिन हुने भएकाले छुट्टाछुट्टै गरेर भए पनि वृक्षरोपण गर्नेगरी जग्गा खोजी भइरहेको सडक योजनाले जनाएको छ। राष्ट्रिय वन, सामुदायिक वन, मध्यवर्ती क्षेत्रको वनमा खाली रहेको ठाउँमा भए पनि वृक्षरोपण गर्ने तयारीका साथ जग्गा खोजी भइरहेको छ। खाली जग्गा भेटिएसँगै वृक्षरोपणका लागि प्रक्रिया अघि बढाउने तयारी गरिरहेको निर्माण कम्पनीले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ २३ २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend