आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

अलपत्र आयोजना सक्न जिसस बागलुङले गरायो सरकारको ध्यानाकर्षण

images
मंगलबार, जेठ २३ २०८०
images
images
अलपत्र आयोजना सक्न जिसस बागलुङले गरायो सरकारको ध्यानाकर्षण

दक्षिण बागलुङ जाने मालढुंगा कुश्मीसेरा सडकको गलुवा पहिरो नियन्त्रणका लागि पनि पहल गरिएको छ।

images
images

बलेवा- बागलुङ जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाले अलपत्र परेका मुख्य आयोजना तत्काल पूरा गर्न संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। सभाले मध्यपहाडी लोकमार्गसहित रणनीतिक सडक, अस्पताल, स्वास्थ्यचौकी जस्ता करोडौँका आयोजना समयमा नसक्दा जनताले सास्ती खेप्नुपरेकाले समयमै पूरा गर्न आग्रह गरेको छ।

images
images
images

जिल्ला समन्वय समितिका प्रमुख अमर थापाका अनुसार सभाले समपुरक कोषमार्फत् सञ्चालित धेरै आयोजना संघ र प्रदेशको बजेट निकासा नभएर अलपत्र परेको भन्दै पालिकालाई दोहोरो भार पार्ने काम रोक्न माग गरेको छ। त्यस्तै दक्षिण बागलुङ जाने मालढुंगा कुश्मीसेरा सडकको गलुवा पहिरो नियन्त्रणका लागि बैठकले पहल गरेको छ। राष्ट्रपति शैक्षिक सुधार परियोजनामा निर्माण भएका भवनको रकम निकासा नभएको, काम गर्दा गर्दै बेरुजू आउने समस्या समाधानमा पनि समितिले चासो राखेको हो। सो अनुसार काम अगाडि बढाउने निर्णय समेत गरेको हो। 

images
images

पटक-पटक तेलको मूल्य घट्दा पनि सवारीको भाडादर नघटेको, कच्ची सडक हुँदाके भाडादर पक्की बन्दा पनि नघटाइएकोमा सभाले चासो राखेको थियो। सो को कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था कार्यालयमार्फत् पहल गर्ने निर्णय गरिएको समन्वय अधिकारी कृष्णराज गौतमले बताए।

images
images
images

बैठकमा तमानखोलाको बोङगादोभान बजार र निसीखोला गाउँपालिकाको हुल्दी पहिरो प्रभावित क्षेत्रमा आवस्यक लगानी भित्राएर संरक्षणका कार्यक्रम संचालन गर्नुपर्ने समेत निर्णय गरिएको बताइएको छ।

बजार क्षेत्रमा देखिने अखाद्य बस्तुको बिक्री वितरणमा कडाइ गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिने, नियमित अनुगनमका लागि पहल गर्ने प्रक्रियासमेत अगाडि बढाउनुपर्ने निर्णय गरिएको हो।

जिल्लाभित्रका सरोकार राख्ने विषयमा छलफल गर्नुको साथै बैठकले सबै पालिकालाई तीन दिनभित्र आफ्नो आफ्नो पालिका भित्रका अलपत्र योजनाको सूचिकरण गर्न पनि निर्देशन दिएको छ। उक्त निर्देशन अनुसार अलपत्र परेका योजना कति छन्, कता छन्, कति लगानी भयो, कति आवश्यक छ। काम गर्ने ठेकेदारको बिवरण र अहिले सम्म के कति काम सम्पन्न भएको जानकारी माग गरिएको थापाले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, जेठ २३ २०८००९:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend