आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

शुक्लाफाँटामा अघि बढ्यो खानेपानी आयोजना निर्माण, ६ करोड ९ लाख लागत

images
मंगलबार, जेठ २३ २०८०
images
images
शुक्लाफाँटामा अघि बढ्यो खानेपानी आयोजना निर्माण, ६ करोड ९ लाख लागत

आयोजना आगामी आवको असार १८ गतेभित्रै निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-२ का बासिन्दा खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि निकै खुसी भएका छन्। वर्षौंदेखि ‘हेडपम्प’को पानी पिउँदै आएका बासिन्दाले आइरनको समस्या झेल्दै आएका छन्। खानेपानीको हेन्डपम्पमा आइरन आउँदा पत्थरीलगायतको समस्या अधिकांश बासिन्दामा देखिँदै आएको स्थानीय गौरसिंह साउदले बताए।

images
images
images

'खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि वर्षौंदेखिको शुद्ध पेयजल पिउने सपना साकार हुने भएको छ', उनले भने। वडामा नगरको गौरवको योजनाअन्तर्गत ६ करोड आठ लाख ९८ हजार आठ सय ६९ रूपैयाँको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ। नगरपालिकाका इन्जिनियर दिपक धामीका अनुसार निर्माण भइरहेको खानेपानी आयोजनामा नगरपालिका र संघीय सरकारको ५०/५० प्रतिशत लागत साझेदारी रहेको छ।
 
खानेपानी आयोजना निर्माणका लागि उच्चकोटी ड्रिल एन्ड कन्ट्रक्सन प्रालि धनगढीले जिम्मा पाएको छ। आयोजना आगामी आवको असार १८ गतेभित्रै निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ। आयोजनाका लागि दुई सय २५ घनमिटरको ट्यांकी निर्माण गरिने निर्माण व्यवसायी सुरेन्द्रकान्त पन्तले बताए।

images
images

'निर्धारित समयअगावै खानेपानी आयोजना निर्माण गर्ने लक्ष्य लिएका छौँ', उनले भने, 'सम्झौताअनुसार उपभोक्ता घरसम्म पाइप जडानदेखि धाराको टुटी जडान गर्छौं।'

images
images
images

खानेपानी आयोजनाका लागि २७ हजार मिटर पाइपलाइन विस्तार गर्ने योजना रहेको छ। खानेपानी आयोजनाका लागि बोरिङ गाडनका लागि ड्रिल गर्ने कार्य अगाडि बढाइएको छ। खानेपानी सञ्चालनका लागि डेढ तले कार्यालय भवन र पर्खाल निर्माण गरिने निर्माण व्यवसायी पन्तले बताए। खानेपानी आयोजनाबाट लक्ष्मीपुर, ढकनियाँ र रानीपुरका गरी पाँच सय ८५ घरधुरी लाभान्वित हुने भएका छन्।

नगर प्रमुख रणबहादुर महराले खानेपानी आयोजना निर्माणको शुभारम्भ गर्दै नगरको गौरवको योजनाअन्तर्गत खानेपानी आयोजनालाई राखिएकाले निर्धारित समयमै निर्माण पूरा गरिनुपर्ने बताए।

वडावासीको मागअनुसार शुद्ध पेयजल घरघरमा पुर्‍याउने सपना साकार बनाउनका लागि आयोजना निर्माणलाई दु्रत गतिमा अगाडि बढाइएको उनले बताए। 'खानेपानी आयोजना निर्माणको पूरा भएपछि आइरन र आर्सेनिकको समस्या हटेर जान्छ', नगर उपप्रमुख कल्पना पन्तले भने, 'शुद्ध पेयजल उपलब्ध हुने भएपछि वडाका बासिन्दा पानीजन्य रोगबाट पनि मुक्त हुन्छन्।' 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले खानेपानी आयोजना निर्माणलाई छिटोभन्दा छिटो पूरा गरी वडाका बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउन आतुर रहेको बताए। यसअघि गैरसरकारी संस्थाको सहयोगमा वडामा सिँचाइका लागि ३० डिपट्युबवेल जडान गरिएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ २३ २०८००५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend