बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कान्तिपुर डेन्टल कलेजमा डिजिटल भुक्तानी गर्दा एनआईसीका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

आइतबार, जेठ २१ २०८०
कान्तिपुर डेन्टल कलेजमा डिजिटल भुक्तानी गर्दा एनआईसीका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट मिल्ने भएको छ।

उक्त कलेजमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा एनआईसीका ग्राहकलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो। जसअन्तर्गत स्पेसल डेन्टल सर्भिसमा ७ प्रतिशत, अपरेशन तथा जेनरल डेन्टल सर्भिसमा १० र ल्याब, बेड (जेनरल वार्ड) तथा होल बडी चेकअपमा १५ प्रतिशत छुट हुने दुवै पक्षबीच समझदारी भएको छ।

समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरे। एनआईसीमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले यसबाट फाइदा लिन सक्ने बैंकले जनाएको छ। 


प्रकाशित : आइतबार, जेठ २१ २०८०१२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend