बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट उत्पादन गर्ने

शुक्रबार, जेठ १९ २०८०
गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट उत्पादन गर्ने

यस संयुक्त लगानीको पहिलो चरण अन्तर्गत अधिकारिक पुँजी लगानी लगभग ६० करोड बराबर हुनेछ।

काठमाडौं-  गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरि नेपालमा सर्भो लुब्रिकेन्टको उत्पादन गर्ने गरी सम्झौता भएको छ।

स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ।  उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ। यसको लागि दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ।

यस संयुक्त लगानीको पहिलो चरण अन्तर्गत अधिकारिक पुँजी लगानी लगभग ६० करोड बराबर हुनेछ।  उद्योग स्थापना मात्र नभई यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरू पूरा गर्न भविष्यमा विस्तार, रणनीतिक साझेदारी र उत्पादन लाइनहरूको विविधीकरणको परिकल्पना पनि गरेको छ। 

गोल्छा ग्रुपका म्यानेजिङ डाइरेक्टर एवम् चेयरम्यान शेखर गोल्छाले भारतकै सबैभन्दा ठुलो कम्पनी इन्डियन आयलसँगको हाम्रो लामो सहयात्रा सुरु भएको बताए।

यो पहिलो खुड्किला हो र भविष्यमा अन्य थप उद्योग स्थापना गर्ने बृहत योजना रहेको उनको भनाइ छ। सहकार्यले नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा थपेको  उनको दाबी छ।

साझेदारी क्षेत्रीय आर्थिक वृद्धिलाई बढावा दिन, आत्मनिर्भरता प्रवर्द्धन गर्न र लुब्रिकेन्ट उद्योगमा प्राविधिक विकासलाई अगाडि बढाउन समर्पित हुने गोल्छाको भनाइ छ।


प्रकाशित : शुक्रबार, जेठ १९ २०८०१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend