बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिप्रदीयन सहायता संस्थाद्वारा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका विजेताहरुलाई सम्मान

शुक्रबार, जेठ १९ २०८०
सिप्रदीयन सहायता संस्थाद्वारा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका विजेताहरुलाई सम्मान

अल्ट्रा म्याराथन दौड तालिमका लागि जेहिन्दर र मेहनती खेलाडीहरु छनोट गरि प्रशिक्षणका लागि आवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ।

काठमाडौं- सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्तव संस्था सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३ का विजेताहरु धाविका मञ्जु रावत र धावक दलबहादुर कुँवरलाई सम्मान गरेको छ। 

म्याराथनमा महिलातर्फ प्रथम हुन सफल भएकी धाविका मञ्जु रावतलाई सम्मान स्वरुप ७५ हजार र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्ने दलबहादुर कुँवरलाई ५० हजार रुपैयाँ प्रदान गरेको हो। 

कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहल, उपाध्यक्ष राजनबावु श्रेष्ठ, महासचिव राजेशप्रसाद गिरी र कोषाध्यक्ष सौरभराज थापालियाले विजेताहरुलाई नगद पुरस्कार प्रदान गरेका थिए। 

खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता वृद्धि गर्ने उद्देश्यले सिप्रदीयन सहायता संस्थाले विजेताहरु आबद्ध रहेको कर्णाली स्पोर्टस क्लबसँग विगत २ वर्षदेखि सहकार्य गर्दै आएको छ। अल्ट्रा म्याराथन दौड तालिमका लागि जेहिन्दर र मेहनती खेलाडीहरु छनोट गरि प्रशिक्षणका लागि आवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ।
      
संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहलका अनुसार विजेता खेलाडीहरुको साथै उनीहरुलाई प्रत्यक्ष रुपमा दैनिक प्रशिक्षणमा योगदान पुर्याउने गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर हरीबहादुर रोकायालाई पनि परिश्रम र समर्पणको लागि सम्मान गरेको हो। प्रशिक्षकको अथक प्रयास, खेलाडीहरुको कठोर मेहनतमा आर्थिक सहयोग गरेर आज यो जितसँग आबद्ध हुन पाउँदा सिप्रदीयन सहायतासंस्था गौरवान्वित भएको र भविष्यमा पनि सिप्रदीयन सहायता संस्थाले जेहिन्दर र मेहनती खेलाडीहरुको हितमा काम गर्ने विश्वस उनले व्यक्त गरे। 

सन् २०१२ मा स्थापना भएको सिप्रदीयन सहायता संस्था गैरनाफामूलक निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो। सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्वसँग सम्बन्धी क्रियाकलापहरू संचालन गर्नका लागि सिप्रदीयन सहायता संस्थाको स्थापना गरिएको हो।

संस्थाले योग्य तर आर्थिक रुपमा कमजोर बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै र दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ। संस्थाले जेष्ठ नागरिकहरु, टुहुरा बालबालिकाहरु तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सेवा र सहयोग हरसम्भव पुर्याउने लक्ष्य लिएको छ। यसको साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको आपत्कालीन उद्धार, सहयोग तथा पुनस्र्थापनासम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।


प्रकाशित : शुक्रबार, जेठ १९ २०८००६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend