बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नबिल बैंकले एकैपटक सञ्चालनमा ल्यायो ३८ नयाँ शाखा

बिहीबार , जेठ १८ २०८०
नबिल बैंकले एकैपटक सञ्चालनमा ल्यायो ३८ नयाँ शाखा

३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २ सय ५५ पुगेको छ।

काठमाडौं- नबिल बैंक लिमिटेडले एकसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीयस्तरमा एक विशेष कार्यक्रम गरी सातै प्रदेशमा एकसाथ ३८ वटा नयाँ शाखाको उद्घाटन गरेको हो।

बैंकका अनुसार बागमती प्रदेशमा १३, कोशी प्रदेशमा एक, मधेश प्रदेशमा ८, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखाको लागि उद्घाटन गरिएको हो।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २ सय ५५ पुगेको छ।

 


प्रकाशित : बिहीबार , जेठ १८ २०८००५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend